- काठमाडौं ,साउन ५ गते सोमबार ।।
- जनप्रभाब
निर्वाचन आयोगले रु. २१ करोड ८३ लाख ४० हजार मूल्यको डिजिटल कलर प्रिन्टर प्रयोगविहीन अवस्थामा राखेको पाइएको छ । आयोगले ०७४ मंसिरमा खरिद गरेको २ थान डिजिटल कलर प्रिन्टर प्रयोगविहीन बनाएर थन्क्याएको हो ।
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०७४÷७५ को प्रतिवेदनमा मेसिन प्रयोगमा ल्याउन सुझाएको थियो । तर, ०७६ मा भएको उपनिर्वाचनमा समेत उक्त मेसिन प्रयोगमा नल्याएको पाइएको छ ।
करोडौंको मेसिन प्रयोगमा नल्याएको आयोगले छपाइको क मभने जनक शिक्षा सामग्री केन्द्रमा लगेर गरेको छ । दक्ष जनशक्ति र मेसिनमा प्रयोग गर्ने कागज नभएको बहाना बनाएर आयोगले अन्यत्र निर्वाचन सामग्री छपाइ गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आफ्नो मेसिनमा निर्वाचन सामग्री छपाइ नगर्दा आयोगलाई रु. २ करोड ६७ लाख ९ हजार अतिरिक्त आर्थिक भार परेको छ ।
‘आयोगमा रहेका मेसिन सञ्चालनका लागि दक्ष जनशक्ति र मेसिनमा प्रयोग गरिने कागज आयोगमा नभएको कारण उल्लेख गरी निर्वाचनसम्बन्धी सामग्री जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गरी रु २ करोड ६७ लाख ९ हजार भुक्तानी गरेको छ,’ महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !