- काठमाडौं,साउन ५ गते सोमबार ।
- जनप्रभाब
महानगरीय ट्राफिक महाशाखामा भेदभाव गरिएको भन्दै असन्तुष्टि चुलिएको छ।काेरनाकाे महामारीको समयमा घर परिवार नभनी अहाेरात्र डियुटीमा खटिएकाले पुरस्कार नपाई, कहिल्यै सडकमा नखटिने र सधै सुविधाको ठाउँमा बस्नेले पुरस्कार पाए पछि ठूलो असन्तुष्टि छाएको हो ।
पिसाब समेत फेर्न नपाई र नगई डियुटी गर्नेले पुरस्कार पाएनन् तर १२ बर्षदेखि जिन्सीमा बस्ने र सधै सुबिधा भाेग गरेका हवल्दार लाेकेन्द्र िसह धामी र हवल्दार मेजरका सहायक हवल्दार राज कुमार वाग्लेले पुरस्कार पाएपछि व्यापक असन्तुष्टि चुलिएको हो ।एसएसपी भिम ढकालले ४५ जनालाई गत असार ४ गतेको निणयले पुरस्कार दिएका थिए।
उनलाई समेत झुक्याएर तलका अधिकृतले आफ नजिकका र चाकडी गर्नेलाई पुरस्कार दिएपछि असन्तुष्टि भएको बताइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !