- पर्सा,साउन ४ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
- कृष्णा यादव
भारतमा कोरोना भाइरस फैलाएको आरोपमा ६६ दिन सम्म नियन्त्रणमा राखिएका ३३ जना मुस्लिम जमातीहरु परराष्ट्र मन्त्रालयको पहलमा वीरगंज नाका हुँदै आज स्वदेश फर्किएका छन् ।
कोरोनाको संक्रमण फैलिनुभन्दा अगाडी देखि नै धार्मिक सम्मेलनमा भारतको निजामोदिन पुगेका बारा, पर्सा, रौतहट, उदयपुर, गोर्खा, पोखरा लगायतका ३३ जनालाई भारतमा कोरोना भाइरस फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो ।
१४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका विपरित ३ पटकसम्म कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउँदा समेत उनीहरुलाई ६६ दिनसम्म भारतको नेराला अपार्टमेन्टको क्वारेन्टाईनमा राखिएको पीडितहरुले बताएका छन् ।
परराष्ट्र मन्त्रालयको पहलमा उनीहरुलाई सकुशल स्वदेश फर्काउन सफल भएको मुस्लिम संगठन पर्साका अध्यक्ष जफर अंसारीले जानकारी दिए । स्वदेश फर्किएका मुस्लिम जमातिहरुलाई बारा तथा पर्साका मुस्लिम अगुवाहरुले खादा लगाएर नेपाल भारतको सिमा शंकराचार्य गेटमा स्वागत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !