- नवलपरासी,साउन ४ गते आइतबार ।
- जनप्रभाब
नवलपरासी जिल्लाको सीमावर्की क्षेत्रबाट करिब १ लाख ४५ हजार रुपैयाँ बराबरको अबैध रुपमा ओसार पसार गर्न लगिएका खसी र मटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. २ मा नेपालबाट भारततर्फ अबैधरुपमा लादै गरेको करिब ५५ हजार बराबरको ११ बोरा मटर ( केराउ) प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सरावल गाउँपालिका वडा नं. ७ भुजहवामा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याइंदै गरेको करिब ९० हजार मूल्य बराबरको ६ वटा खसी सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको मटर (केराउ) र खसी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !