- पर्सा,साउन ४ गते आइतबार ।
- जनप्रभाब
भारतीय पक्षले पर्साको उखेलेर फालेको सीमास्तम्भ नेपालीले पुनः साविककै ठाउँमा गाडेका छन् । नेपाल–भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेपछि नेपाली पक्षले पनि पुनः साबिककै स्थानमा गाडेको छ ।
ठोरीमा उखेलिएको पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।
सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनावग्रस्त भएको थियो ।
भारतीय पक्ष र नेपाली पक्षबिच झण्डै कुटाकुटको अवस्था सिर्जना भएसंगै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल ठोरी क्षेत्रमा पटक पटक सीमा विवाद हुँदै आएको छ। ठोरीबासीहरुले सीमा रक्षाका निम्ति अविराम संघर्ष गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका हुन ।
भगवान राम जन्मेको भनिएको अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने स्थानिय बासिन्दाको भनाइ छ ।
भारतीय पक्षले हेपाहा प्रबृत्ति देखाउँदै झापाको पाठामारीदेखि कन्चनपुरुसम्म सीमा मिच्ने काम गरे पनि ठोरीबासीले एकजुट भएर आफ्नो भूमिका रक्षा गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !