- ठोरी नेपाल , साउन ४ गते आइतबार ।
- जनप्रभाब
प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्त जयन्तीको अवसरमा भगवान श्री राम को जन्म स्थल भारतको अयोध्या नभइ नेपाल को बिरगंज को पश्चिम क्षेत्र ठोरीमा भएको भन्ने अब्यक्ति दिए सँगसँगै एका एक चर्चाको शिखरमा रहेको ठोरी २ मा अवस्थित सितागुफामा दर्शन गर्ने पुजा यचना गर्ने को भिड लागेको थियो । तर हिजो भारतिय पक्षले सितागुफा नजिकै रहेको सिमा सतम्भ ४३६ नम्बरको पिल्लर उखेलेर फालेर सीता गुफा आफ्नो कब्जा लिने प्रयास गरे सँगै स्थानीय ठोरी बासी को चर्को बिरोध का कारणले त्यो सफल हुन सकेन ।
यता ठोरी गाउँ पालिका अध्यक्ष पदम लाल श्रेष्ठ ले भारतिय पक्षले उखालेर फ्याकेको सिमा सतम्भ लाई भारतिय पक्ष सँग कुटनितिक बार्ता मार्फत ४ घन्टाको समय अबधिमा पुनः सोही स्थानमा सिमा सतम्भ गाडनु लगाउनु भयो ।
तर आज आइतबार बाट ठोरी २ को भगवान राम जन्म भुमि सीता गुफा क्षेत्रमा सर्बसाधारण लाई पुजा गर्नुमा रोक लगाएको छ । सुरक्षालाई मध्यनजर राख्दै सीता गुफा क्षेत्रमा जान रोक लगाइएको हो ।
सीता गुफा अवलोकन गर्न आउनेको ठूलै भिड बढेका कारण केही दिनका लागि सो क्षेत्रमा जान रोक लगाइएको प्रहरी निरीक्षक दिपक दाहालले बताउनु भयो ।
प्रहरी निरीक्षक दाहालले भन्नु हुन्छ , ‘सीता गुफा क्षेत्रमा केही दिनका लागि सर्वसाधारणलाई जान रोक लगाएका छौं । पत्रकारलगायत माथिल्लो तहबाट अवलोकन र अध्ययन गर्न आउने टोलीलाई भने सशस्त्रकै सुरक्षा घेरामा सो ठाउँमा जाने व्यवस्था मिलाउँछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !