- काठमाडौं,साउन ४ गते आइतबार ।
- जनप्रभाब
बारा जिल्लाको महागढीमाई नगरपालिबाट- १५ लाख ४४ हजार नक्कली नेपाली रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नशालु पदार्थको कारोबार गर्ने समूह खोज्दै लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा नक्कली नोटसहित उनीहलाई पक्रेको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका सुधिर कुमार कुशवाह, बाराका मनोज शाह तेली र नरेन्द्र प्रसाद कुशवाह छन् ।
उनीहरुको साथबाट १५ लाख ४४ हजार नक्कली नेपाली रुपैयाँ र १ लाख ८३ हजार भारतिय नक्कली नोट बरामद गरिएको व्यूरोका प्रवक्ता (एसपी) प्रविण धितालले जानकारी दिनु भयो ।
ना.५४ प ३८०५ नम्बरको मोटरसाईकलमा सवार सो समूहलाई महागढीमाई–२ स्थित बरियापुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।
प्रहरीले सो समूहको साथबाट १ हजार र १ सय दरका नेपाली रुपैयाँ र ५ सय र ५० दरको भारतिय नक्कली नोट बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !