- सिरहा,साउन ३ गते सनिवार ।।
- जनप्रभाब
नेपाल कम्युनिस्ट पार्टीका नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ ।
पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो। सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ। उनको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्वास्थ्यकर्मी महेश यादवले जानकारी दिनु भयो ।
स्वास्थ्यकर्मी महेशका अनुसार बम विस्फोटले घरमा क्षति पुर्याएको छैन। छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन। बम विस्फोटपछि यादवको घरमा सर्वसधारणको ठूलो भिड लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिरे भने बम पड्केको भनिए पनि अवशेष कहिँकतै फेला परेको छैन। हामी अनुसन्धान गर्दै छौँ।
विस्फोटक पदार्थ प्रहारबाट घाइते भएका भनिएका सुबरणजीको शरीरमा पनि गहिरो घाउ देखिदैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !