- एजेन्सी,साउन ३ गते सनिवार ।
- जनप्रभाब
कप्तान लिओनल मेसीले बार्सिलोना कमजाेर भएकाे बताएका छन् । बिहीबार राति घरेलु मैदानमा बार्सिलोना पराजित भएपछि मेसीले टिम कमजोर बन्दै गएको बताएका हुन् । उनले टोलीको प्रदर्शनको आलोचना गर्दै यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने चेतावनी दिए ।
बिहीबार बार्सिलोनाले लिगको छैटौँ हार बेहोर्दा रियलले आफ्नो खेलमा जित हासिल गर्दै सन् २०१७ पछि को पहिलो लिग उपाधि जितेको थियो । गएराति भएकाे खेलमा बार्सिलोनालाई ओसासुनाले २-१ गोलले हरायो । बार्सिलोनाका लागि मेसीले ६२ मिनेटमा एक गाेल फर्काएका थिए । बिहीबार राति नै रियल म्याड्रिडले भिल्लारियललाई २-१ ले पराजित गर्दै ला लिगाको उपाधि जित्यो ।
कोरोना भाइरसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियलसँग २ अंकको अग्रता लिएको अवस्था थियो । तर लिगको अन्तिम खेलअघि उपाधि जितेको रियलले बार्सिलोनालाई ७ अंकले पछि पार्यो ।
खेलपछि मुभीस्टार प्लससँगको कुराकानीमा आफ्नो निराशा व्यक्त गर्दै बार्सिलोनाले नै आफ्नो चिरप्रतिद्वन्द्वीलाई उपाधि जित्न सहज बनाइदिएको मेस्सीले टिप्पणी गरे । ‘हामी यसरी सिजन सक्न चाहँदैन थियौँ तर यसले हाम्रो सिजन कस्तो रह्यो भन्ने प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘हामी निकै कमजोरी टोली थियौँ र हामीले धेरै अंक गुमायौँ । आजको खेल यो सिजनको सारंश हो ।’
अर्को महिना अन्तिम १६ को खेलमा नापोलीलाई हराउनेमा पनि उनले आशंका व्यक्ति गरे । ‘हामीले धेरै कुरा बदल्नुछ । नापोलीसँगको खेल नजिकै छ,’ उनले भने, ‘च्याम्पियन्स लिगका चार खेलबाट हामी यो सिजनलाई पुरै बदल्न सक्नेछौँ ।’ पहिलो लिगकाे खेलमा १–१ को बराबरीमा सकिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !