- काठमाडौं,साउन २ गते शुक्रबार ।
- जनप्रभाब
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएकाहरु सेनाका सकलदर्जालाई प्रधानसेनापति पुर्णचन्द्र थापाले आज शुक्रबार दश निर्देशन दिएका छन् ।
थापाले कोरोना महामारी रोकथाम,प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईमा सैनिक सहयोगका लागि खटिनेहरुका लागि दिएको निर्देशनहरु यसप्रकार रहेका छन् ।
दश निर्देशन :
१- संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउनुहोस् ।
२-आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाई उच्चस्तर राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्नुहोस् ।
३-बिसन्चो भएमा घर वा व्यारेकमा नै बस्नुहोस् । आवस्यक भए परीक्षण गराउनुहोस्, शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्नुहोस् ।
४-आधिकारीक सूचनामा मात्र विश्वास गर्नुहोस् ।
५-आफ्ना सहकर्मिप्रति सदैव सहयोगको भावना राख्नुहोस् । सैनिक सेवाको मर्यादा, धर्म, आफुले राम्ररी बुझि सहकर्मीलाई पनि बुझाउनुहोस् ।
६-सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुहोस् । आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्यकर्मीलाई उच्च सम्मान गर्नुहोस् ।
७ -आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, विरामीले पनि निको भएको अनुभव गर्छन् । नेपाली नागरिकप्रति सधै सदाचार, भद्र व्यवहार र मानवियता प्रदर्शन गर्नुहोस् ।
८- नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुवै हो । बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुहोस् । नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख, सुविस्ता भुलि सदैव सर्वोच्च भाव देखाउनुहोस् ।
९- संकटको अहिलेको घडीमा संयम र धैर्यता देखाउनुहोस् । कठीन समय केही समयको लागि मात्रै हो, सदैव ख्याल राख्नुहोस् ।
१०-आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !