- पोखरा,साउन १ गते बिहीबार ।
- जनप्रभाब
व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त जिल्ला प्रहरी कार्यालय, कास्की र मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत/सम्मान गर्ने गरिएकोमा असार महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित/पुरस्कृत प्रहरी जवान किसान परियारलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिनु भयो ।

















