- जनकपुर,साउन १ गते बिहीबार ।
- जनप्रभाब
आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद्जन्य घटना न्यूनीकरण र विपद् कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको हो ।
ती सामग्रीमा डुङ्गा चार, हेलमेट ३२, लाइफ ज्याकेट ३२, क्यारी ब्याग चार थान, ह्याण्ड पम्प, डुङ्गा खियाउने बहना ३६ तथा डोरी आठवटा लगायतका सामग्री रहेका छन् ।

आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई उक्त सामग्री बुधबार हस्तान्तरण गरे । सो अवसरमा मन्त्री यादवले विपद्का घटनाबाट मानवीय र जनधनको क्षति न्यूनीकरण गर्न यी सामग्री सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !