Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दलितको उठिबास गराउने प्रयास




  • महोत्तरी,साउन १ गते बिहीबार ।
  • जनप्रभाब


जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत पर्ने लक्ष्मीनिया बजारबाट ५ किलोमिटर पश्चिम लागे पुगिन्छ, हरिनमारी गाउँ, जुन गाउँ महोत्तरीको भाङहा नगरपालिका–९ मा पर्छ । नगरपालिकाको तथ्याङ्क अनुसार ५०० घरधुरी भएको हरिनमारीमा यादवपछि क्रमशः मुसहर, तेली, दास, चमार, मुस्लिम, ठाकुर र डोम जाती बसोबास गर्छन् ।

वडामा मात्रै २१ प्रतिशतभन्दा बढी जनसंख्या मुसहर समुदायको छ । तर, पञ्चायतकालमा उनीहरूलाई गाउँ बस्न नदिएपछि छुट्टै गाउँ बसालेको मुसरहरहरूको आरोप छ । त्यही इतिहास पुन : दोहोर्‍याउन केही मानिस लागेको त्यहाँ पाँच पुस्तादेखि बसोबास गरिरहेको मल्लिक परिवारको गुनासो पनि छ । हरिनमरी गाउँ सकेपछि अन्तिमको २ घरमा मल्लिक परिवार बसोबास गर्छन् ।

फुसको घरमा टिनको जस्ताले छाएको ती घरका मानिसहरूको अनुहारले उठिबास हुने चिन्ताले निकै सताएको देखिन्छ । ४५ वर्षीय सिकेन्दर मल्लिक भावुक हुँदै तीन महिनादेखि निदाउन नपाएको दुःखेसो पोखे । नयाँ घर निर्माण गर्न उनले गएको चैत्र मसान्त नै आधा गर तोडे । त्यपछि उनले दैनिक विपतको सामान गर्न परिरहेको सुनाए । गरीबको कोही सहारा नभएको भन्दै उनले न्यायका लागि सबैलाई पुकारे । तर, कोही पनि सुनेनन् ।

घर निर्माण तीन महीनादेखि ठप्प
गत चैतमा जनता आवास कार्यक्रम अन्तर्गत २ कोठे पक्की घर निर्माण गर्ने मल्लिक परिवारले खबर पाए । मल्लिक परिवार खुशीले गदगद भए । मल्लिक परिवारकै ललिता मल्लिक उपभोक्ता समितिको अध्यक्ष समेत भइन् । ललिता वैशाखमा नै घर निर्माण गर्न इट्टा, बालुवा, सिमेन्ट र रड माग्यो ।

सीकेन्द्र मल्लिक पाँच पुस्तादेखि हरिनमारी गाउँको १० धुर ऐलानी जमीनमा बस्दै आएको छ । यसकारण घर निर्माणमा कुनै प्रकारको समस्या नआउने भन्दै ललिताले ढुक्कसाथ घर निर्माणका लागि सम्पूर्ण तयारी गरिन् ।

काम सुरु गर्दा छिमेकी घडेरी भएको स्थानिय रामजात्न यादव, रामप्रसाद यादव, शिव नारायण यादव र ललका यदाव लगायतका मानिसहरू विरोधमा उत्रे । गाउँमा डोमको घर निर्माण नहुने उनीहरूले अडान कसे । त्यसयता उनले दैनिक जनप्रतिनिधिदेखि स्थानीय नेता गुहारिरहेकी छन् । तर, घर निर्माण हुने सुरसार भने देखिएको छैन ।

छिमेकीले किन विरोध गर्दै छन् ?
सरकारले छुवाछुत जस्ता कुप्रथा समाजबाट हटाए पनि त्यो समस्या अझै गाउँमा विद्यमान छ, जसको सबै भन्दा ताजा उदाहरण हरिनमारीको उक्त घटना हो । छिमेकी घडेरी भएका मानिसहरूले मल्लिक परिवारलाई सधैं हप्काएर राखेको स्थानीय गाउँलेहरू बताउँछन् ।

उनीहरू मल्लिक परिवार गाउँबाट अन्तै विस्थापित गर्ने योजनामा छन् । मल्लिकको वरिपरि सबै जग्गा घडेरी छन् । त्यस वरिपरि प्रति कठ्ठा रु. १० लाखमा विक्री हुने गर्छन् । दलित भएको ठाउँमा अन्य जातिका मानिसहरू उक्त ठाउँमा नबस्ने चलन छ । यसकारण मल्लिकको छिमेकीहरु घर निर्माणमा विरोध गर्दै आएका छन्। छिमेकीहरूले सडकसमेत अतिक्रमण गरी उनको घर हटाउने प्रयास गरेको छ ।

पटक पटक उठिबास गराउने प्रयास
मल्लिक परिवारलाई पटक पटक छिमेकीहरूले उठिबास गराउने प्रयास गरेको बुझिएको छ । विसं २०६६ सालमा पनि स्थानीय जनप्रतिनिधिले विकाशको नाममा डोजरले घर भत्काउन प्रयास गरेको थियो । त्यति बेला नेकापाका स्थानिय नेता रमेश यादवले विकल्प दिएर मात्रै घर तोड्ने अडान लिए ।

नेता रमेश यदावको नेतृत्वमा त्यति बेला मल्लिक परिवार सुरक्षित भएको स्थानीयको भनाइ छ । सिकेन्द्र मल्लिकको अनुसार तीन पटक छिमेकीहरूले घर भत्काउन प्रयास गरेको बताए । कानून विपरीत छिमेकीहरूले घर भत्काउन प्रयास गरेको उनले आरोप लगाए । विगतको दिन सम्झिँदा सिकेन्द्रको आँखा रसाउँछ । आफूमाथि भएको विभेदबारे उल्लेख गर्दा उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जग्गा भाउ बढ् थालेपछि यहाँबाट विस्थापित भएपछि उठिबास हुने डरले मल्लिक परिवार स्तब्ध भएका छन् । जग्गाको मूल्य दिन दुगुना र रात चौगुना बढ्दो छ । त्यसैमाथि गाउँ केही मानिसले देखाएको गैर मानवता जस्ता गतिविधिले उठिबास हुने चिन्ताले पूरा परिवार पिरोलेको छ ।

के भन्छन् दलित अगुवा ?
नेपाल विसं २०६८ जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्रका रुपमा घोषणा गरिएको थियो । उक्त दिन प्रतिनिधिसभाबाट जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन पारित भए पनि छुवाछुत अझै कायमै रहेको भन्दै दलित अगुवाहरू चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा वञ्चितीकरण गरिएका तथा राज्यको मूल प्रवाहबाट पछाडि रहेको दलितमाथि अझै विभेद र हिंसाको घटना हुने गरेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए । उनले सिकेद्र मल्लिकले एक साताभित्र न्याय नपाए आफूहरूले कडा कदम चाल्ने चेतावनी दिए ।

सदिऔंदेखि विभेदको चपेटामा पिल्सिदै आएका दलित समुदायले आजसम्म पनि उन्मुक्ति नपाएको दलित संघर्ष समितिका प्रदेश २ अध्यक्ष चन्देश्वर दासले बताए । उनले आफूहरू स्थलगत अनुगमन र पीडित परिवारलाई भेटेर आएको भन्दै सरोकार वाला निकायसँग कुराकानी गरिरहेको जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh