- नुवाकोट,साउन १ गते बिहीबार ।
- जनप्रभाब
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अबिनारायण काफ्लेलाई सम्मान र पुरस्कृत गरिएको छ ।
बुधबार डिभिजन बन कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको बन तथा बन्यजन्तु अपराध नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयले निभाएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै प्रहरी प्रमुख काफ्लेलाई सम्मान र पुरस्कृत गरेको हो ।
डिभिजन बन कार्यालयले प्रहरी प्रमुख काफ्लेलाई प्रशंसा पत्र सहित नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित हुनुभएका काफ्लेले पुरस्कार र सम्मानले आफुलाई थप राम्रो काम गर्न हौसला मिलेको बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !