- जनप्रभाब-सम्बादाता
- सिरहा,साउन १ गते बिहिवार ।
सिरहाको लहानमा ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा बर्दिबासबाट खटिएका अख्तियार दुरुपयोग अनुसन्धानका टोलिले लहान नगरपालिका -२२ को राजदेवी चौक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।
प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मधु कुमार थापा को कमान्डमा खटिएको टोलिले बुधबार दिउँसो १:५० मा सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई रङ्गेहात गिरफ्तार गरेको हो । कल्याणपुरका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग रु. ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चौकमा पठाएको सुचना प्राप्त भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !