- काठमाडौं ,असार ३१ गते बुधबार ।
- जन प्रभाब
गृह मन्त्रालयले प्रहरी नायब महानिरिक्षकद्वय ( DIG ) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको हो ।
बुधबार गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ ।
शैलेस थापा क्षेत्री आइजीपी बनेपछि र एआइजी तारिणीप्रसाद लम्साल अवकाश पाएका कारण प्रहरीमा दुइ एआइजीकाे पद रिक्त रहेकाे थियाे ।
सिफारिस भएका डिआइजीद्वय कार्की र शाहीलाई मन्त्रीपरिषद्ले एआइजीमा नियुक्त गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !