- लमजुङ,असार ३१ गते बुधबार ।
- जन प्रभाब
जिल्ला प्रहरी कार्यालय लमजुङको प्रमुख गंगाबहादुर थापा सरूवा भएर जिल्लाको कमाण्ड सम्माल्ले देखि सूश्म तवरले अपराधीक गतिविधि र तस्करको जालो तोड्न लागिपरेका छन्। आफ्ना मातहतका सबै युनिटलाई कडा निर्देशन दिदै कुनै दबाबमा नपरी निष्पक्ष तरीकाले अनुसन्धान र काम गर्ने समेत भनेका थिए।
त्यसै अप्रेसन अनुसार मंगलबार साँझ मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यालयको टोलीले कास्कीबाट ट्रकमा अवैध रूपमा ल्याउदै गरेको २ सय ६९ क्यूफिट काठ बरामद गरेको हो ।
ट्रक चालक कास्की पोखरा म.न.पा. १५ बस्ने राजकुमार श्रेष्ठ समातिएका छन्। ना ५ ख २०६५ नम्बरको ट्रकमा आँपको काठ र सालको गोलिया थान ७ बरामद गरी ट्रक र चालक सहित आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनु भयो ।
प्रमुख थापाले अपराधी गतिविधि लगायत तस्करीमा साटघाट गर्ने जोकोहीलाई पनि प्रहरीले नछाड्ने बताउदै आएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !