- सिरहा,असार ३१ गते बुधबार ।
- जन प्रभाब-आलोक यादव
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर–११ बाट ४ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको छ।


नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद घिमिरेले जानकारी दिनु भयो ।
यस्तै बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ । सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाई–बुझाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले जानकारी दिए ।
