- खोटाङ,असार ३० गते मंगलवार ।
- जन प्रभाब
अख्तियारले रंगेहात पक्रिनु अघिसम्म पनि जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ उपभोक्तासँग घुस लेनदेन गर्दैथिए। आर्थिक वर्षको अन्त्यमा उपभोक्ता समितिसँग घुस माग्ने उनको उपाय थियो, माथि बुझाउनुपर्ने।
श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेश सरकारबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको उजुरी परेपछि अख्तियारको टोली काठमाडौंबाटै दिक्तेल पुगेको थियो।
सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैया घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। उनी कार्यालयको कार्यकक्षमै घुससहित अख्तियारको फन्दामा परे।
श्रेष्ठको साथबाट श्रोत नखुलेको थप ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको छ । श्रेष्ठलाई स्वास्थ्य परीक्षणपछि थप अनुसन्धानका लागि काठमाडौं लाने तयारी भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

















