- काठमाडौं,असार ३० गते मंगलवार ।
- जन प्रभाब
रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ कठजोरमा गएराति एक व्यक्तिले अन्धाधुन्ध छुरा प्र’हार गर्दा एक जनाको ज्यान गएको छ । छुरा प्र’हारबाट घाइते भएका दुई जनाको सोमबार राति नै थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका पवक्ता टकेन्द्र शर्माले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार मन्थली नगरपालिका वडा नम्बर २ कठजोरका अन्दाजी ५२ वर्षीय दिलबहादुर श्रेष्ठले चलाएको छुरा लागेर स्थानीय ६२ वर्षीय विनोदकुमार श्रेष्ठको ज्यान गएको हो । कठजोर स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि सदरमुकामको तामाकोशी सहकारी अस्पतालमा पुर्याइएका श्रेष्ठको उपचारको क्रममा रातिनै मृत्यु भएको हो ।
गाउँमा झारफुकका लागि गएर फर्केका श्रेष्ठलाई बाटो ढुकेर बसेका दिलबहादुरले छुरा प्र’हार गरेका थिए । घ’टना किन भयो ? भन्ने विषयमा कुनै कारण हालसम्म पत्ता नलागेको प्रहरीले बताएको छ ।
छुरा प्र’हारबाट गम्भीर घाईते भएका ३५ वर्षीया नारायण श्रेष्ठ र २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ लाई रामेछापमा उपचार हुन नसकेपछि काठमाडाैँकाे ट्रमा सेन्टरमा पठाइएको छ । घाइते भएका ३५ वर्षीया नारायण श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ सामान्य घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले अ’पराधमा संलग्न दिलबहादुर श्रेष्ठलाई प्रहरीले राति नै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । प्रहरीले घ’टनाको अनुसन्धान सुरु गरिसकेको पाठकले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !