- काठमाडौं,असार ३० गते मंगलवार ।
- जन प्रभाब
सशस्त्र प्रहरीमा डिआईजी सरुवाको तयारी अघि बढेको हो । सशस्त्र प्रहरी मुख्यालयले १५ जना डिआईजी सरुवाको सिफारीस गृहमन्त्रालयमा गरिसकेको छ । मन्त्रालयले डिआईजीको सरुवाको टुंगो आजै लगाउने तयारी गरेको छ ।
गृहमन्त्रालय स्रोतकाअनुसार सशस्त्रले एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारीको नाम सिफारीस गरेको छ ।
२ नम्बर प्रदेशमा जान डिआईजी राजेन्द्र बस्नेतले पनि लविंग गरिरहेका छन् । यता दुई नम्बर प्रदेशमा रहेका डिआईजी राजु अर्याल सीमा विभाग र पांच नम्बरमा रहेका डिआईजी नारायणदत्त पौडेललाई प्रशासन विभाग ल्याउने तयारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको जोड छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !