- कञ्चनपुर,असार ३० गते मंगलवार ।
- जन प्रभाब
कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा सुरक्षा फितलो बन्दै गएको छ । कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिकाको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीकोे मिलोमतोमा अवैध समानको तस्कर भइरहेको स्थानीयको आरोप छ ।
सुरक्षाकर्मीले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेका कारण अवैध सामग्री व्यापक रुपमा ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका हुन् ।
गएराति भारतको सीमावर्ती बसही बजारबाट तस्करहरुले लालझाडी लग्दै गरेको अवस्थामा ६ बोरा कपडा पुनर्वास–२ अम्रैयामा स्थानीयले नियन्त्रणमा लिएका छन् । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी भने व्यापक तस्करीका विषयमा अन्जान बन्न खोजेको स्थानीयको आरोप छ ।
आइतबार राति ९ बजेतिर तीब्र गतिमा मोटरसाइकलमा लैजादै गरेको एक लाख पचास हजार बराबरको ६ बोरा कपडा सहित २ वटा मोटरसाइकललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
से४प २२४१ नम्बर को पल्सर मोटरसाइकल र म२प ९००६ नम्बरको प्लाटिना मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । तर, मोटरसाइकल चालकहरु भने मोटरसाइकल छाडेर फरार भएका जानकारी गराइएको छ ।
नाम नबताउने शर्तमा एक स्थानीयले भने लकडाउनको समयमा सीमा नाका सिल भएपनि दिनहुँ जस्तो अवैध सामान ओसारपसार भइरहेको देखेपछि आफूहरुले निगरानीमा राखेको बताए ।
लकडाउनका बीच पनि भारतबाट अबैध सामग्री ओसारपसार हुनुमा नेपाल सशस्त्र प्रहरीको मिलेमतो भएको स्थानीयको ठहर छ ।
सीमामा सशस्त्र प्रहरीका बीओपी पनि ठाउँ ठाउँमा तैनाथ छ । तर पनि ठूलो परिमाणमा दैनिक अबैध सामग्री भित्रिरहेको कारण स्थानीयले सुरक्षा व्यवस्था प्रति नै शंका गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !