- लहान,असार २९ गते सोमबार ।
- आलोक यादव
युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा श्रेत्रिले मातहतका प्रहरीलाई लागुऔषध विरुद्धको विशेष अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।
प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी णा उपरीक्षक शरत कुमार थापा श्रेत्रि अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन ईलाका प्रहरी कार्यालय लहान सफल देखिएको छ ।
लहान प्रहरीले लागुऔषधसहित एकजना पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद भएको छ । शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा श्रेत्रिले जानकारी दिनु भयो ।


त्यसैगरी ,विशेष सूचनाको अधारमा लहान प्रहरीले चेकजाँचको क्रममा भगवानपुर गाउँपालिका वडा नम्बर – २ गमहरिया स्थितबाट एकजनालाई ७७२ पिस लागूऔषधको एम्पुल सहित पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा जिल्ला सप्तरीको खड्क नगरपालिका – ९ बस्ने १८ वर्षीय धिरेन कुमार राम रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा श्रेत्रिले जानकारी गराएका छन् । उनीहरुलाई राती पक्राउ गरेको हो ।
पक्राउ परेका रामको साथबाट लागुऔषध नोफिन -२५८ एम्पुल , ल्यावोरेट-२५६ एम्पुल , र फेनारगन -२५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । भारतीय बजारबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्।
लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पु¥याउने गरेको तथ्य फेला परेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख शरत कुमार थापा श्रेत्रिले बताए। डिएसपी थापाका अनुसार सीमादेखि सहरसम्म निगरानी बढाएर नियन्त्रण अभियान सञ्चालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !