- सिरहा ,असार २९ गते सोमबार ।
- जन प्रभाब
सिरहा जिल्लाका लागी प्रमुख जिल्ला अधिकारि भई आउनु हुने प्रदिप राज कणेललाई सिरहा धनुषाका सिमामा स्थानीयहरुले स्वागत गरेका छन् ।
प्रमुख कणेल नेपालका विभिन्न जिल्लाहरुमा आफ्नो कार्यशैलीले स्थानीयहरुको मनजित्न सफल हुनुकासाथै कुशल प्रशासकको रुपमा आफुलाई स्थापित गराइसक्नु भएकोले सिरहा जिल्लामा पनि रहेको विकृति, विसंगति, कालो वजारी, लागुऔषध कारोवारी र प्रयोगकर्ता, दणडहिनताको अन्त्य हुने आशका साथ वहाँलाई कर्जन्हा नगरपालीकाको वडा नं. ४ वस्तिपुरमा स्वागत गर्दै स्थानीय समाज सेवी अञ्जनी राईले वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारि कणेलले गफगर्नु भन्दा कामगर्नेमा म विश्वास गर्ने मानिसभएकोले काम गर्नु दिनुस मेरो अधिकारको काममा कुनै कसर वाँकी नराख्ने कसैलाई पनि कुनै समस्या पर्ने वितिक्कै सिधा सम्पर्क गर्नुस कुनै माध्यम वनाउनु पर्दैन भन्दै वहाँले छोटो मन्त्व्य राखि विदा लिनुभएको थियो ।
कार्यक्रममा स्थानीय वुद्धिजिवी, व्यापारी राजकुमार मगर, युवा प्रताप सिंह, देप प्रकास महतो, दिलिप साह, मनोज राय, भरत महतो लगायतका युवाहरुले सिरहा जिल्ला प्रवेश गर्ने बितिकै कर्जन्हा नगरपालिकाको वस्तिपुरमा प्रदीप राज कणेललाई सामाजिक दुरि कायम गर्दै भव्यताकासाथ स्वागत र सम्मान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !