Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी संरक्षणमा संगठित तस्करी निरीक्षक महेश्वर तानिए,सशस्त्रका एसपी छानविनमा




  • नवलपरासी,असार २८ गते आइतबार ।
  • जन प्रभाब


पश्चिम नवलपरासीको महेशपुरलगायतका क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा ठूलो मात्रामा संगठित तस्करी हुने गरेको कुरा उजागर भएको छ । तीन दिनअघिमात्रै भारतीय सीमा क्षेत्र ठुटीबारी गाउँमा एसएसपीले पाँच हजार बोरा लोड गरिएको ५ ट्रक केराउ, छोहडा र मरीच बरामद गरेपछि यो संगठित तस्करीको उजागर भएको हो ।

भारतीय संचारमाध्यमहरूले यस तस्करीको समाचारलाई महत्वका साथ प्रसारण गरिरहेका छन् । कोरोना महामारीका कारण नेपाल–भारत सीमा क्षेत्र सिल गरिएको भनिए पनि सो क्षेत्रबाट ठूलो मात्रामा संगठित तस्करी भइरहेको कुरा यस घटनाले समेत उजागर गरेको छ । तस्करीमा सहयोग गरेको आरोपमा सीमा प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी रविन्द्र धानुकले प्रदेश कार्यालयमा तानी अनुसन्धान गरिरहेका छन् । रूपन्देही घर भएका निरीक्षक उपाध्याय जागिरको दौरान यसै क्षेत्रमा लामो समयदेखि रहँदै आएका कारण उक्त तस्करीमा संलग्न तस्करहरूसँग नजिकको सम्बन्ध रहेको आरोपसमेत लाग्दै आएको थियो ।

सीमा सिलबन्दी गरिए पनि लकडाउनको समयमा नेपालबाट ठूलो मात्रामा नेपाली रक्सीहरू भारतमा तस्करी हुँदै आएको थियो । दुवै प्रहरीले लाइन नमिलेका तस्करहरूको मदिरा पक्राउ गर्ने गरे पनि ठूलो मात्रामा मदिराहरू भारततर्फ तस्करी हुँदै आएको कुरा स्थानीयहरू बताउँछन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले ठुटीबारी गाउँका २० घरमा लगातार २४ घण्टा छापामारी ३ हजार बोरा केराउमात्रै बरामद गरेको थियो भने छोहडा र मरीच पनि ठूलो मात्रामा बरामद गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका थिए । खुला सिमाना भएका कारण लकडाउनलाई मध्यनजर गर्दै सरकारले भारतीय सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरेको छ । ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिए पनि ठूलो तस्करी भइरहेको कुरा यो घटनाले उजागर गरेको छ । यति ठूलो तस्करीको सामान खरेल, रिंकसमेतका ४ जनाको भएको समेत परासीका व्यवसायीहरू बताउँछन् ।

यी तस्करहरूले लामो समयदेखि दुवै प्रहरीलाई प्रयोग गरेर तस्करी गर्दै आएको कुरासमेत उजागर भएको छ । तस्करीको यो घटना सार्वजनिक भएसँगै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले समेत परासी गई घटनाको अनुसन्धान गरेको छ । तस्करी गराउन सशस्त्र प्रहरी बलका पश्चिम नवलपरासीका एसपी भरत खनियाको प्रत्यक्ष संलग्न र सहयोग रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । एसपी खनिया यहाँ आएदेखि नै तस्करी गराउन सक्रिय रहेको आरोपसमेत लाग्दै आएको थियो । केही महिनापहिले तस्करी गराएर तस्करसँग रकम लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एसपी खनियाकै गुल्मका सिपाहीलाई रंगेहात पक्राउ गरी मुद्दा बुझाइसकेको छ भने केही दिनअघिमात्रै आफ्नो बारीमा आवश्यक आधा बोरा रासायनिक मल ल्याउँदै गरेकी एक महिलालाई अभद्र व्यवहार गरेको कुरा पनि सार्वजनिक भएको थियो ।

लकडाउनका बेला भारतीय सीमा सिल गरिएको अवस्थामा समेत एसपी खनियाले तस्करीको लाइन दिएको अख्तियारमा समेत उजुर परेपछि आयोगले आवश्यक अनुसन्धान र कारवाहीका लागि सशस्त्र मुख्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सशस्त्र मुख्यालयले ५ नम्बर प्रदेश कार्यालयमा कार्यरत एसपी तीर्थ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो र सो समितिले छानविन गरिरहेकै बखत ५ हजार बोरा मरीच, छोहडा र केराउ तस्करी गरी भारतको ठुटीबारीमा बरामद भएको घटनाले एसपी खनिया थप छानविनमा परेका छन् ।

एसपी खनिया पश्चिम नवलपरासीस्थित २६ नम्बर गणमा सरुवा भई आइलगत्तैदेखि संगठितरूपमा तस्करी हुने गरेको कुरा बारम्बार सार्वजनिक भइरहेको छ । उनको संरक्षणमा भएको तस्करी धन्दाका बारेमा गृह र हेलो सरकारमा समेत उजुरी परेको बताइएको छ । एसपी खनिया तस्करहरूसँग आफ्नो प्राइभेट गाडी लिई केटासमेत नलगी होटलहरूमा गएर भेट्ने गरेको कुरा पनि यहाँ उजागर भएको छ । ठूला ठूला तस्करहरूलाई होटलमा गई आफैँ भेट्ने र ससाना तस्करहरूबाट रकम उठाउने काम सिपाहीहरू उग्री दुवे र राम तेलीलाई घुमुवाका रूपमा प्रयोग गरी उठाउने गरेको कुरासमेत बाहिनीका एसपी तीर्थ पौडेलको छानविन समितिले समेत पत्ता लगाएको थाहा भएको छ । सामान्य हैसियतका खनियाले काठमाडौँमा आलिशान महलदेखि महँगो निसान गाडीसमेत खरिद गरिसकेको छानविनका क्रममा देखिएको स्रोत बताउँछ ।

आफ्नो प्राइभेट गाडी लिएर होटलमा गई तस्कर र व्यापारीसँग ड्रिलिङ गर्दा कसैले थाहा नपाउने भएकै कारण सबै ड्रिलिङ होटलमा गएर गर्ने गरेको समेत छानविनका क्रममा खुलेको छ । त्यसो त डिएसपी हुँदा निज भरत खनिया बुटवलस्थित औद्योगिक सुरक्षा गुल्मको गुल्मपति थिए । तत्कालीन माओवादीसँग नजिक रहेको भनी आरोप लागेका एसपी खनिया पछिल्लो समय नेकपाका महासचिव विष्णु पौडेलसँग बुटवलमा रहँदादेखिकै सम्बन्धका कारण नजिक भएपछि उनै विष्णु पौडेलको दबाबमा सशस्त्र प्रहरीका लागि अति आकर्षक पोष्टिङमध्ये पर्ने पश्चिम नवलपरासीस्थित २६ नम्बर गणको गणपति बन्ने मौका पाएका थिए । नेता विष्णु पौडेलकै संरक्षणका कारण पनि निजलाई बारम्बार गल्ती गरेका उजुरी र छानविनले पुष्टि हुँदा पनि कारवाही नभएको बताइन्छ । त्यसैगरी सोही गुल्ममा कार्यरत डिएसपी क्षितिज क्षेत्री पनि अनुसन्धानमा तानिएका छन् ।

पहिले २६ नम्बर गण नवलपरासी त्यसपछि भेडाबारीस्तिथ पूर्वी नवलपरासीको गुल्म र फेरि २६ नम्बर गण पश्चिम नवलपरासीमा सरुवा भई लामो समयदेखि सोही क्षेत्रमा कार्यरत रहेका डिएसपी क्षितिज क्षेत्रीको तस्करहरूसँग नजिकको सम्बन्ध रहेको र एसपी खनियालाई तस्करहरूसँग भेटघाट गराइदिने काम उनैले गरेको समेत बाहिनीको अनुसन्धानले समेत पत्ता लगाएको थाहा भएको छ । त्यसो त एसपी भरत खनिया स्टाफ कलेजका बेला स्टक्चर रहेका तत्कालीन डिएसपी नेत्र कार्कीलाई आफ्नो सवारी साधन प्रयोग गर्नेदेखि अनेकन प्रभावमा पारेर पहिलो भएको आरोप पनि त्यतिबेला लागेको थियो । यति ठूलो तस्करी काण्ड हुँदासमेत सशस्त्र मुख्यालयले न त निजलाई तानेको छ न त गृहमन्त्रालयले नै एसपी खनिया उपर छानविन गरेको छ ।

जबकि प्रहरीले तस्करीका संलग्न भएको हुनसक्ने भन्दै महेशपुरका निरीक्षक महेश्वर उपाध्यायलाई प्रदेश प्रहरी कार्यालयमा तानी अनुसन्धान सुरु गरेको छ भने प्रहरी मुख्यालयले सिआइबीलाई तस्करीको सम्बन्धमा छानविन गर्न पठाइसकेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh