- काठमाडौं,असार २८ गते आइतबार ।
- जन प्रभाब-आलोक यादव
चितवनको भरतपुर मेडिकल कलेजमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको अभियोगमा ४ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँस्थित मानब बेचविखन व्युरोको टोलीले चितवन पुगी डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारीलाई पक्राउ गरेको हो । यस काममा सहयोग गरेको भनी जिल्ला प्रशासन कार्यालय चितवनका एक बरिष्ठ कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको बताइन्छ ।
कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर गैर कानुनी हिसाबमा मिर्गौला प्रत्यारोपण गरेको बताइएको छ ।
लामो समयसम्म ब्युरोले अनुसन्धान गरेको उक्त प्रकरणमा डाक्टरहरूलगायत पक्राउ गर्नका लागि नवनियुक्त आईजीपी शैलेश थापा क्षत्रीले निर्देशन दिएका थिए । कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी हुन् ।
प्रहरीले यस प्रकरणमा संलग्नता रहेका अन्य विविध पाटोलाई समेत निगरानीमा राखेको छ । सो विषयमा पर्याप्त प्रमाणसहित नियन्त्रणमा लिइएकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !