- सुनसरी,असार २८ गते आइतबार ।
- जन प्रभाब
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले संगठनले दिएको जिम्मेवारी पुरा गर्न सुनसरी आएको बताएका छन् । सरुवा भएर आएको दुई महिना पश्चात सुनसरी प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले शान्ति सुरक्षा कायम गर्ने बिषयमा कसैप्रति पूर्वाग्रह नराखिने प्रष्ट पारेका छन् ।
थापा सरुवा भएर आए लगतै प्रहरीले सुनसरीको कोशी गाँउपालिकाबाट कृष भनिने कृष्णकुमार यादवलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनी कुख्यात अपराधी भएको दावी गरेपनि स्थानीयले भने सडकमा नै पत्रकार सम्मेलनको आयोजना गर्दै निर्दोष मानिसलाई पक्राउ गरेको आरोप लगाएका थिए । सोही सन्दर्भमा जिज्ञासा जवाफ दिर्दै एपसी थापाले भने,‘म कसैलाई नमस्कार गर्दै हजुर मलाई सुनसरी सरुवा गरिदिनुस् भन्दै आएको होइन, संगठनल जिम्मेवारी सुम्पिएर आएको हो । संगठनले दिएको जिम्मेवारी पुरा गर्ने मेरो दायित्व हो ।’
उनले प्रतिकुल समयमा समेत सुनसरी प्रहरीले ठोस कार्य गरेको जनाउँदै लागूऔषधको कारोबार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने जनाए ।
लागूऔषध बिरुद्ध स्वीप अपरेशन चलाइने बताउँदै सो अपरेशन मुलत लागुऔषधको ओसारपसार, नियन्त्रण, कारोबार र संजाल बिरुद्ध केन्द्रीत रहने जनाए । एसपी थापाले प्रहरी साझेदारी कार्यक्रम, घरदैलोमा प्रहरी तथा हरेक १५–१५ दिनमा हरेक स्थानीय तहमा प्रहरी–नागरिक सुनुवाई कार्यक्रमलाई सुचारु गरिने जानकारी दिनु भयो ।
थापाले स्थानीय तहसँगको समन्वयमा जिल्लाको मुख्य शहरहरुमा सिसिटिभीको जडान, जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनमा अन्तराष्ट्रिय मापदण्ड बमोजिम नमूना हिरासत कक्षको निर्माण लगायतका कार्य पनि गर्ने जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !