Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको अट्ठाइसौँ प्रमुखमा थापा,खरिदका भ्रष्टाचार र सीमाका तस्करी उनका चुनौती

  • काठमाडौं,असार २७ गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

नेपाल प्रहरीले अट्ठाइसौँ प्रहरी महानिरीक्षक (आइजिपी) का रूपमा शैलेस थापा क्षेत्रीलाई पाएको छ ।

नेपाल प्रहरीभित्र सेवा प्रवेश गरेदेखि नै कहिल्यै विवादमा नपरेका, कार्यालय प्रमुख हुँदा भ्रष्टाचार, लेनदेनलगायतका कुराहरूमा कहिल्यै नतानिएका, संगठनभित्र गुट–उपगुट बनाएर नहिँड्ने स्वभाव भएका र लामो समय प्रहरी महानिरीक्षकको सचिवालय र एकेडेमीमा बसी संगठनभित्रको सबै कुरा जानकारी भएका थापा क्षेत्री अबको २२ महिना नेपाल प्रहरीको प्रमुख भएका हुनेछन् ।

३० वर्षे सेवा अवधिका कारण ठाकुरप्रसाद ज्ञवाली हिजोबाट भएसँगै थापा क्षेत्री महानिरीक्षक बनेका हुन् । नयाँ आइजिपी क्षेत्रीका लागि संगठनभित्रका खरिदमा हुने गरेका भ्रष्टाचार र तराईका जिल्लाहरूमा प्रहरीद्वारा संरक्षित तस्करी धन्दा रोक्ने चुनौती मुख्यरूपमा रहेको छ । हरेक आइजिपीहरू संगठनभित्रका खरिदमा कुनै न कुनै रूपमा जोडिएका छन् । ठेकेदारहरूको रकम खान पल्किएका धेरै आइजिपीहरूले सिपाहीले लगाउने बर्दीमा ठेकेदारसँग सम्झौता गरेर गुणस्तरहीन सामाग्रीहरू खदिर गरेका दृष्टान्तहरू बारम्बार छताछुल्ल भइरहन्छ ।

भ्रष्टाचार भएका तथ्यगत प्रमाणहरू उजागर हुँदा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका जिम्मेवार व्यक्तिहरूलाई आर्थिक प्रभावमा पारेर आइजिपीहरू चोखिँदै आएका छन् । अनुसन्धानको दायरामा उनीहरू पर्दैनन् । अख्तियारमा प्रमाणसहितका उजुरहरू परे पनि कुनै न कुनै रूपमा आर्थिक प्रभाव र राजनीतिक दबाब लादेर आइजिपीहरू जोगिँदै आएका छन् । कपडा लगाएको २ महिना बित्न नपाउँदै खुइलिएर सिपाही बजारमा आफ्नै तलबले किन्नुपर्ने अवस्था छ । अब नवनियुक्त आइजिपी थापा क्षेत्रीले खरिदमा हुने यस्ता भ्रष्टाचार कसरी नियन्त्रण गर्न सक्छन्, उनको पहिलो परीक्षा नै यो हुनेछ ।

लत्ताकपडामा मात्र होइन सवारी साधनदेखि अनेकन खरिदमा ठूला भ्रष्टाचारहरू हुने गरेका छन् । यसबाहेक भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा प्रहरी संरक्षणमा हुने गरेको संगठित तस्करी, घुमुवा परिचालन गरेर रकम असुल्ने कार्यालय प्रमुखहरू र लामो समयदेखि सधैँ तराईका तस्करी हुने जिल्लाहरूमा बारम्बार बसिरहने प्रहरी कर्मचारीहरूको अप्रेसन उनले गर्न सक्छन् कि सक्दैनन् अर्को उनको परीक्षण हुनेछ । जो कार्यालय प्रमुख भएर जान्छ उसले आफूसँग नजिक रहेको बदनाम प्रहरीलाई सँगै लिएर जाने या त सँगै नलगे पनि त्यहाँ गएर बदनाम भएका र जागिरको दौरान सधैँ त्यस्ता तस्करी हुने प्रमुख जिल्लाहरूमा बसिरहन सफलहरूलाई तस्करी हुने नाकाका थाना चौकी र घुमुवाका रूपमा परिचालन गरी व्यापारी तथा तस्करहरूबाट रकम असुल्ने प्रवृत्ति प्रहरीभित्र पछिल्लो समय मौलाउँदै गएको छ ।

यस्तो कार्यलाई उनको यो २२ महिने अवधिमा उनले नियन्त्रण गर्न सके भने उनी प्रहरीका महानिरीक्षकहरूमध्ये उच्चकोटिमा पर्ने कुरामा विवाद छैन । तराईका जिल्लाहरूमा जहाँ बढी तस्करी हुने गर्दछ त्यहाँ वर्षौंदेखि एउटा जिल्लाबाट अर्को या त एउटै जिल्लामा लामो समय बसेका निरीक्षकसम्मका धेरै यस्ता बदनाम पात्रहरू छन् जसलाई उनले पहाडी जिल्लामा फाल्न सकेनन् भने सीमा क्षेत्रबाट हुने तस्करीमा प्रहरी कुनै न कुनै रूपमा संलग्न रहनेछ । जसको दाग उनलाई समेत पर्ने निश्चित छ । आइजिपी सर्वेन्द्र खनालले त १४ जना घुमुवा २ नम्बर प्रदेशमा मात्रै परिचालन गरेका थिए । ती घुमुवा पूर्णरूपमा आर्थिक कार्यमा संलग्न थिए । अहिले पनि ती १४ मध्येका केही घुमुवाहरू कोही वीरगञ्जमा छन्, कोही धनुषामा छन् । आइजिपी थापाको यो २ चुनौती पार गर्न सके भने उनी सफल आइजिपीका रूपमा गनिनेछन् ।

यसका अलावा विगतका आइजिपीहरूजस्तो आफ्ना व्याजीहरूलाई तिरस्कार गर्ने, संगठनभित्रका कतिपय नीतिगत निर्णयहरूमा सहभागी नगराउने र एकलौटी ढंगले संगठन सञ्चालन गर्ने प्रवृत्तिका कारण पनि आइजी र एआइजीहरूबीच मनमुटाव हुँदै आएको दृष्टान्त उनी स्वयम् सचिवालयमा बसेर धेरै देखेका व्यक्ति हुन् । उनले त्यो गल्ती आफ्नो कार्यकालमा दोहो¥याएनन् भने उनी सफल आइजिपीका रूपमा चिनिने छन् । यसैबीच थापा क्षेत्रीले बिहीवार नै गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिन्ह लगाई मुख्यालयमा पदभार गरी कार्य सञ्चालन गरेका छन् । बुधवार ३० वर्षे सेवा अवधिका कारण अवकाश भएका महानिरीक्षक ठाकुर ज्ञवाली, अतिरिक्त महानिरीक्षक तारिणी लम्साल र डिआइजी सूर्य उपाध्यायलाई बिदाइसमेत गरेका छन् ।

बिदाइ समारोहमा निवर्तमान महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरेका थिए । ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरूको कार्यक्षमता तथा कार्यकौशल अनुरूपको मूल्याङ्कन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरूको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।

प्रहरी सेवा नागरिकहरूका लागि हो तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सद्भाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै ज्ञवालीले ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीहरूमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’ लामो र बृहत् इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गर्नुभयो । साथै उनले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पु¥याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh