- सिरहा,असार २७ गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
सशस्त्र प्रहरीले सिरहामा २ वटा बीओपी (बर्डर आउट पोष्ट) स्थापना गरेको छ । बरियारपट्टि गाउँपालिकाको बडहरीमा बोर्डर आउट पोस्ट् स्थापना गरेका छन् । औरही गाउँपालिका- ४ स्थित इटाटारको बोर्डर आउट पोस्ट्मा नयाँ भवन निर्माण गरेका छन् ।
यसैगरी, गण हेक्वा सिरहामा गणपति निवास र गण परिसरमा आन्तरिक स्रोत र श्रमदानबाट देवी मन्दिर निर्माण गरेका छन् । यी भवन तथा बोर्डर आउट पोस्ट् उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिनमस्ता बाहिनीका बाहिनीपति राजु अर्यालले गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बाहिनीपति अर्यालले सीमा तैनाथ रहेका सशस्त्र प्रहरीले देश र जनताको हितमा परिचालन हुन कुनै कसर बाँकी नराख्ने बताएका छन् । बोर्डर आउट पोस्ट् मजबुत भएपछि प्रहरी परिचालनमा सहजता र सीमा सुरक्षा थप प्रभावकारी हुने कार्यक्रमका अतिथिहरुले भनाई राखेका छन् । कोरोना भाइरसको महामारीमा सीमामा सशस्त्र प्रहरीले सक्रिय रुपमा डियुटी गरेको अतिथिहरुले बताएका थिए ।
बाहिनीपति अर्यालको निर्देशनमा सीमाको तस्करी नियन्त्रणमा प्रहरी परिचालन हुँदा एक वर्षको राजश्व ६ महिनामै उठेको सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी प्रवीण कडेँलले जानकारी दिनु भयो । आउँदो वर्षमा सीमामा थप बिओपी थप्दैँ जाने योजना रहेको उनले सुनाए ।
उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादव, अर्नामा गाउँपालिकाको अध्यक्ष ठक्कु महतो कोइरी र सशस्त्र प्रहरीको उत्कृष्ट सम्मान पनि गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !