- काठमाडौं ,असार २७ गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
स्थानीय तहबाटै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने मुल उदेश्यका साथ आरम्भ साईन्स एण्ड कल्चर क्लब अन्तर्गत आरम्भ स्पोर्ट्स एकेडेमी गठन भएको छ। आज अमन लामाको नेतृत्वमा ११ सदस्य कार्यसमिति गठन भएको छ र ज्ञानेन्द्र कुमार सिंह सल्लाहकार संयोजकमा मनोनीत हुनु भएको छ। विगतका दिनमा स्थानीय खेलाडीले भोग्नु परेको अभाव र पिडा अन्त्य गरि स्थानीय खेलाडिलाई राष्ट्रिय स्तरसम्म पुर्याउने आरम्भ स्पोर्ट्स एकेडेमीको मुल उदेश्य रहने छ।

अफुहरूमा पनि फुटबल प्रतिको दृढ संकल्प रहेको र कडा अभ्यास पनि गर्दै आएको तर कुसल व्यवस्थापन र पहुँच नभएकोले आफुहरू पछि परिरहेको स्थानीय खेलाडीहरूले बताए । कुसल व्यवस्थापनले उचित अवसर प्रदान गरेमा आफुहरूले पनि फुटबलबाट आ-आफ्नो भविष्य निर्माण गर्न सक्ने र आफुहरूलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउदै आउँदो पिढिका युवाहरूका लागि मार्गदर्शक बन्न सक्ने पनि बताए।
आज गठन भएको आरम्भ स्पोर्ट्स एकेडेमीको कार्यसमितिले यस एकेडेमीलाई यथाशीघ्र वडा कार्यलय, नगरपालिका, जिल्ला फुटबल संघ र एनफामा समेत दर्ता गर्ने निर्णय गरेको छ। वर्षा मौसम सकिए लगतै क्लोजड (Closed) क्याम्प आयोजना गर्ने भन्ने विषयमा पनि आज छलफल भएको छ। क्लोजड क्याम्प आफुहरूको लागि नयाँ कुरा रहेको र क्याम्पबाट आफुहरूले धेरै कुरा सिक्ने खेलाडीहरूले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया !