- मोरङ ,असार २७ गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का बिचमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लकडाउनका कारण निष्कृय हुन पुगेका सामुदायिक सेवा केन्द्रहरुलाई आगामी दिनहरुमा कसरी सकृय बनाई विविध सचेतनामुलक कार्यक्रमका साथ अघि बढाउने साथै समुदाय-प्रहरी साझेदारी अवधारणालाई कसरी मुर्त रुप दिन सकिन्छ । लगायतका विषयमा छलफल गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !