- सिरहा,असार २६ गते शुक्रबार ।
- जन प्रभाब-सम्बादाता
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको हो । पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८–८ रुपैयाँमा बजारमा पाइनेछ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै छ । मूल्य समायोजन भएसँगै निगमको १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको छ ।
यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । जसअनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैया २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ ।
निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !