- भाण्टावारी,असार २६ गते शुक्रबार ।
- जन प्रभाब-सम्बादाता
विभिन्न जिल्लामा ठूलो वर्षा भएकाले कोशी व्यारेजमा पानीको सतहले आज बिहानदेखी खतराको तह पार गरेपछि रातो बत्ती र झण्डा राखिएको छ ।
कोशी व्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आज बिहानदेखी पानीको सतह बढन थालेसगै खतराको तह पार गरेकाले खतराको संकेत राखिएको हो ।
कोशी व्यारेज कन्ट्रोल रुमले बिहान १० बजेर ३० मिनेटमा गरेको मापन अनुसार प्रति सेकेण्ड २ लाख ८ हजार क्युसेक पानीको वहाव रहेको छ ।
कोशी व्यारेजमा पानीको सतह बढे लगतै ३० वटा ढोका खुल्ला गरि पानी निकास दिने जारी रहेको छ भने कर्मचारीहरुलाई हाईअर्लटमा राखिएको छ
कोशी व्यारेज कन्ट्रोल रुमले १ लाख ५० हजार प्रति सेकेण्ड पानीको वहाव बढेपछि खतराको स्वरुप रातो झण्डा र २ लाख क्युसेकप पानीको सतह बढेपछि खतराको सकेतका रुपमा रातो बत्ती र रातो झण्डा राख्ने गरेको छ
नेपाल बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा ठूलो वर्षा भएकाले बाढी खतराको संकेत पार गरेको जनाएको छ ।
रातीदेखी विभिन्न जिल्लाका सहायक नदीहरुमा पानीको सतह बढेपछि कोशी व्यारेज तर्फ पानीको वहाव जाने क्रम बढेकाले साझसम्म सप्तकोशीमा पानीको सतह अझै बढने देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !