- काठमाडौं ,असार २५ गते बिहिवार ।
- जन प्रभाब-सम्बादाता
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी माहानिरीक्षक (आईजीपी) मा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !