Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नवनियुक्त आइजिपी थापा काे हुन ? यस्तो छ उनकाे साङ्गठनिक इतिहास

  • काठमाडौं ,असार २४ गते बुधबार ।
  • जन प्रभाब-सम्बादाता
  • रासस

२८ औँ प्रहरी महानिरीक्षक (IGP) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको हो ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

आज रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले हिजो मन्त्रिपरिषद्ले थापालाई आइजीमा बढुवा गरेको हो ।

हाल उनी प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

भक्तपुरको कटुञ्जे (हालको सूर्यविनायक नगरपालिका) मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत हुन् । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए ।

अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका थिए ।

उनीसँगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै आज रातिदेखि अनिवार्य अवकाश लिँदै छन् ।

गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवाली पाँच महिना मात्रै आइजिपीको कार्यकाल छ । उनको कार्यकालको अधिकांश समय कोभिड–१९ सङ्क्रमणमा रुमल्लिन पुग्यो ।

इमान्दार र कुशल सङ्गठनको रुपमा चिनिएका उनको कार्यकाल पनि विवादरहित नै रह्यो । कोभिड–१९ का कारण खास उल्लेखनीय नयाँ काम गर्न पाएनन् ।

थापाको कार्यकाल भने आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरज बहादुर शाहीले आज साँझ प्रहरीको स्वागत र बिदाइको कार्यक्रम राखिएको जानकारी दिए ।

थापाको सङ्गठनमा यस्तो छ योगदान

विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएका थिए । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरे । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन् ।

प्रहरी समूहका ९८ औँ व्याजमा उनीसँगै हालका एआइजी पाल पनि प्रवेश गरेका थिए । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै छन ।

नवनियुक्त आइजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छन् । पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन् । प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गरेका थिए ।

प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हालेका थिए । उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत भए । उनी एआइजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख भए ।

हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका थिए । उनको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।

ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ ।

यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताएका छन् । चार वर्षअघि जयबहादुर चन्द आइजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए ।

उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइजी रमेश खरेलले राजीनामा दिएका थिए ।

प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजी हुने आधार छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh