- काठमाडौं ,असार २३ गते मंगलवार ।
- जन प्रभाब
- आलोक यादव
नेपाल प्रहरीका एआईजी हरि बहादुर पालले एआईजी शैलेस थापा क्षत्री नेपाल प्रहरीको प्रहरी महानिरीक्षक भएको खुसी व्यक्त गरेका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षत्रीलाई आईजीमा नियुक्त गरेको थियो ।
सरकारले आफ्ना प्रतिद्वन्द्वीलाई आईजीमा नियुक्त गरेपछि उनले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले भने, ‘मेरो सबैभन्दा मिल्ने साथी आइजिपी भयो यसमा मलाई गर्व लागेको छ । सरकारले गरेको यो निर्णयमा म एकदमै खुसी छु ।’
त्यस्तै उनले आफूहरुले पहिले पनि जो आईजी भए पनि मिलेर काम गर्ने प्रतिबद्धता गरिसकेको बताएका छन् । एआईजी पालले सरकारले सुझबुझ पूर्ण निर्णय गरिसकेकाले अब मिलेर काम गर्ने बताए ।
‘हामीले पहिले नै प्रतिबद्धता गरिसकेका छौं । आईजी बन्न दुवैले प्रतिस्पर्धा गर्ने । जो आईजी बन्छ त्यसमा पूर्ण सहयोग गर्ने’, एआईजी पालले भने ।
सरकारले वरियता अनुसार पहिलो नम्बरमा रहेका क्षत्रीलाई आईजीपीमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन ७ वटै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !