- काठमाडौं ,असार २३ गते मंगलवार ।
- जन प्रभाब-सम्बादाता
नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक पाउने भएको छ । महानिरीक्षक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
महानिरीक्षक नियुक्तबारे सोमबार ओली र प्रचण्डबीच छलफल भएको थियो । छलफलकै क्रममा नाम तय भइसकेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओलीले बरियताकै आधारमा महानिरीक्षक नियुक्त गरिने बताएका छन् । जसअनुसार शैलेश थापा क्षत्री पहिलो नम्बरमा भएकाले उनको सम्भावना धेरै छ । तर, कतिपयले उनको कमाण्ड क्षमतामा प्रश्न गरेकाले दोस्रो नम्बरका हरि पालको नाममा अन्तिमम परिवर्तन हुनसक्ने सम्भावना पनि छ ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बुधबारदेखि अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण आज नयाँ महानिरीक्षक नियुक्त गर्न लागिएको हो । आज नियुक्त हुने महानिरीक्षकले २०७९ बैशाख १७ गतेसम्म नेतृत्व सम्हाल्नेछन् जो महानिरीक्षक भएपनि एकले अर्कालाई सहयोग गरेर अघि बढ्ने उनीहरुले भद्र सहमति गरेका छन् ।
मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।नयाँ महानिरीक्षक नियुक्तिसम्बन्धि प्रस्ताव लैजान गृह मन्त्रालयले तयारी थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !