- काठमाडौं ,असार २२ गते सोमबार ।
- जन प्रभाब-सम्बादाता
गृह मन्त्रालयले मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
यदी मास्क नलाई घर बाहिर निस्कीएको पाए जाे काेहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ । कोरोना संक्रमण दर नेपालमा दिनदिनै बढ्दै गएपछि यसकाे न्यूनीकरण तथा नियन्त्रणमा लागि यस्तो नियम लागू गरिएको गृहमन्त्रालयले जनाएको छ ।
सरकारले लडकडाउन जारी गरेको ३ महिना बितिसक्दापनि कोरोना न्यूनिकरण तथा राेकथाम हुन सकैको छैन। सामाजिक दुरी कायम गर्दै आफ्नो दैनिकी संचालन गर्न छुट सरकारले दिएपनि पनि पूर्ण रुपमा लकडाउन खोलेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !