- गोर्खा ,असार २२ गते सोमबार ।
- जन प्रभाब-सम्बादाता
कन्ट्याक्ट ट्रेसिङको क्रममा पिसिआर परिक्षण गरिएका बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । सोमवार प्रेस बिज्ञप्ति जारी गर्दै पिसिआर परिक्षण गरिएका कर्मचारी र जनप्रतिनिधीको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधी गरी कुल एक सय जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । सोमवार आएको उनीहरुको रिपोर्ट अनुसार कोहीमा पनि कोरोना संक्रमण नदेखिएको गाउँपालिकाले जनाएको छ । भोली देखि बन्द रहेका गाउँपालिका र वडा कार्यालयको सेवा सुचारु हुने बताइएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै केही दिनका लागी गाउँपालिका र वडा कार्यालयहरुको सेवा बन्द गरिएको थियो ।

















