- बाजुरा, असार २२ गते सोमबार ।
- जन प्रभाब-सम्बादाता
उहाँले भन्नुभयो, ‘वर्षादको समयमा अलिकति पानी परे पनि नदीमा पानीको बहाव बढ्नगई पुलमाथि पानी हिँड्न थाल्छ जसले यहाँका स्थानीयलाई पुलमा आवतजावत गर्दा धेरै समस्या हुने गरेकाे ।’
त्रिवेणीका अधिकांश स्थानीयहरूको दैनिक कामकाजका लागि मुख्य बाटो यही रहेको र यसको विकल्पका लागि अन्य कुनै बाटो नभएकोले याहाँका मानिस यसै पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
स्थानीयवासीको सहजताका लागि बनेका केही ठूला भौतिक सरचनाहरूलाई प्राकृतिक प्रकोपका कारण पूर्णरुपमा क्षति हुन गएकोले यी संरचना वडा पालिकाले मात्र निमार्ण गर्न असम्भव भएको बुढीगङ्गा नगरपालिका वडा नम्बर – २ का वडाध्यक्ष हीरा थापाले बताउनुभयो ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ‘यसका लागि जिल्लास्थित अन्य सम्बन्धित निकायसँग सहकार्य गरेर सोही ठाउँमा केही समयपछि अर्को नयाँ पुल निर्माण कार्यका लागि योजना बनाइएको हो ।’

















