- बाँके,असार २२ गते सोमबार ।
- जन प्रभाब-सम्बादाता
बाँके प्रहरीले आइतबार भारतबाट पैठारी गर्न प्रतिबन्ध लगाइएको भन्सार छलि चोरी पैठारी गरी ल्याएको अबैध सुर्तिजन्य पदार्थसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर २ मा पसल संचालन गरी बस्ने गुर प्रसाद तेली र गणेश कुमार गुप्तालाई अबैध सुर्तिजन्य पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शंका लागि उनिहरुले संचालन गरेको पसलमा खान तलासी गर्दा गुर प्रसाद तेलीको पसलबाट सुपर पावर सुर्ती ६ बोरा ४५ प्याकेट, बिडी ४ बोरा, खलिल शाही सुर्ती १९५ पोका, किसोरीलाल सुर्ती ७५ पोका र गणेश कुमार गुप्ताको पसलबाट बिडी १ बोरा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुमाथी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !