- बारा,असार २१ गते आइतबार ।
- जन प्रभाब-सम्बादाता
बारा जिल्लामा मास्क नलगाइ हिँडडुल गर्ने १ सय २८ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु लगायत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लगातार तीन दिनसम्म कोरोनाभाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदासमेत त्यसको अवज्ञा गरी बिना माक्स हिँड्डुल गर्ने तथा व्यवसाय सञ्चालन गर्नेहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना पश्चात छाडिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !