Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुव्र्यसनीदेखि कारोबारीका अखडा ध्वस्त बनाउने छौं – एसपी राना

  • नेपालगंज,असार २१ गते आइतबार ।
  • जन प्रभाब-सम्बादाता

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जिल्लामा लागू औषध दुव्र्यसनी र कारोबारी नियन्त्रण आफ्नो प्रमुख प्राथामिकता भएको बताउनुभएको छ ।

कोरोना रेडजोन बाँकेमा आए लगत्तै विशेष कुराकानीमा एसपी रानाले लागू औषध नियन्त्रण गर्दै निषेधकै अवस्थामा पु¥याउने दाबी गर्नुभयो ।

‘खुला सीमा भएका कारण हाम्रा लागि लागू औषध नियन्त्रण मुख्य चुनौती हो । हामीले पनि निकै प्राथमिकता साथ यसको नियन्त्रणमा लाग्छौं’, उहाँ भन्नुहुन्छ, ‘दुव्र्यसनीदेखि कारोबारीका अखडा ध्वस्त बनाउने छौं । नेपालको कानुनले लागू औषध सेवन र कारोबार गर्नुलाई अपराध मानेकाले नियन्त्रण कानुनी कारबाहीलाई निर्ममतापूर्वक गर्नेछौं ।’

सीमा क्षेत्रबाट लागू औषध नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गर्ने, तालिम प्राप्त कुकुरको प्रयोग गर्नेलगायतका नियन्त्रणका सबै विधि प्रयोग गर्ने उहाँले योजना सुनाउनुभयो ।

गाउँगाउँ र टोलटोलमा लागू औषध दुव्र्यसनीबारे सचेतना कार्यक्रम लैजाने उहाँले प्रण गर्नुभयोे, ‘प्रहरीलाई लागू औषध नियन्त्रणका लागि छुट्टै बजेटको अभाव हुने भएकाले समुदाय साझेदारी कार्यक्रमबाट समुदायको तल्लो तहसम्म सचेतनामूलक कार्यक्रम सन्चालन गर्नेछौं ।’

उहाँले गाउँ टोलसम्म समिति गठन गर्ने, लागू औषधका विज्ञ र विशेषज्ञलाई बोलाएर छलफल कार्यक्रमहरु सन्चालन गर्ने पनि उहाँको योजना छ । विद्यार्थी र अभिभावकलाई सचेतना गराउन पनि कार्यक्रम आयोजना गरिने उहाँले सुनाउनुभयो ।

उहाँले लागू औषध नियन्त्रणका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था, विद्यालय, अभिभावक, आमा समूह, युवा र बाल क्लबहरुसँग साझेदारीमा सचेतनामूलक कार्यक्रम गर्ने पनि बताउनुभयो ।

बाँकेको नेपालगन्ज पश्चिमको ठूलो नाका हो । लागू औैषधको कारोबार र लागू औषध दुव्र्यसनीका हिसाबले बाँके ट्रान्जिट प्वाइन्ट नै हो । लागू औषध कारोबारको यहाँको मूख्य बजार भारत हो ।

औषध दुरुपयोग गरेर लागू औषधको रुपमा सेवन गर्नेदेखि कडा खालको लागू औषध ब्राउन सुगरको कारोबारका लागि यो नाका प्रयोग हुन्छ । जिल्लामा सबैभन्दा बढी कारोबार हुने ब्राउन सुगर हो ।

लकडाउनको अवधिमा यसको कारोबार प्रहरी नजरमा शून्य नै भयो । ‘कोरेक्स त सीमावर्ती भारतीय बजारमा सहजै किन्न पाउने भएकाले उतै खाएर आउने ठूलो जमात छ । लकडाउनमा सीमा पूर्ण रुपमा सीमा नाकामा कडाइ भएकाले यो वर्ष गत वर्षको तुलनामा एक तिहाइ नै घटेको छ ।

गत वर्षको जेठ मसान्तदेखि यो वर्षको सोही अवधिसँग तुलना गर्दा लागू औषध कारोबारी पक्राउ र कारबाही एक तिहाइले घटेको छ ।

बाँके प्रहरीले अघिल्लो वर्ष तीन सय ३२ जनालाई पक्राउ गरेको थियो भने यो वर्ष दुई सय २५ जनालाई मात्र कारबाही गरेको छ । जुन अघिल्लो वर्ष भन्दा एक सय सातले कम छ । जुन अघिल्लो वर्षभन्दा ३२.२२ प्रतिशतले कम हो ।

गत वर्ष दुई सय १९ जनालाई कारबाही गरेकोमा यो वर्ष ६९ जना घटेर एक सय ५० मा झरेको छ । जुन गत वर्षभन्दा ३१.५० प्रतिशतले कम हो । लकडाउनमा लागू औषधका सेवनकर्ताहरु पनि घरबाट बाहिर निस्कन पाएका छैनन् ।

युवाहरु परिवारका सदस्यसँगै बसेकाले पनि लकडाउन लागू औषध नियन्त्रण गर्ने घरेलु विधि जस्तो भएको छ ।

ब्राउन सुगर, कोरेक्स जस्ता लागू औषध भारतबाट नेपाल आउँछ भने गाँज, चरेस र अफिम जस्ता लागू औषध नेपालबाट भारतमा ओसारपसार हुन्छ ।

कोरोना कहरका कारण लगाइएको लकडाउनबाट लागू औषधको सेवनकर्ता र कारोबार सुस्ताएकोे बेला लागू औषध नियन्त्रण हुँदै निषेध गर्ने बाँकेमा प्रहरी प्रमुख एसपी रानाको लागि मुख्य चुनौती हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh