- कैलाली,असार २० गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
धनगढी अत्तरिया ६ लेन सडकको चटकपुर क्षेत्र ट्याङ्करको पार्कीङ् स्थल बनेको हो । नेपाल आयल निगम धनगढी डिपो बाट पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर पार्कीङ्का लागी स्थान नहुँदा ६ लेन सडकको दायाँ बायाँ क्षेत्रमा दैनिक ९० बढी ट्याङ्कर राखिएका छन्।
जसले आवत जावतमा समस्या त भएकै छ, तर दुर्घटनाको जोखिम समेत बढाएको छ। स्थानीयले आवतजावतमा समस्या भएको भन्दै बाटो खुकुलो बनाइनुपर्ने माग गरेका छन्। ‘दिनभरि सडकमा ट्याङ्कर उभ्याइएका हुन्छन्, बाटो झनै साँघुरो बनेको छ, नाली भएर यात्रा गर्नुपर्ने अवस्था छ’ धनगढीका स्थानीय हर्क बहादुर दियालले भने’ आयल निगमले सम्भावित दुर्घटनालाई मध्य नगर नगर्दे बाटो नै कब्जा गरेको छ।’
सम्बन्धित निकायले बेलैमा सडक खालि गराउन पहल चाल्नुपर्ने उनले माग गरे।

स्थानीयले पटक–पटक ट्याङ्कर व्यवस्थापन गर्न माग गरे पनि आयल निगमले चासो नदिएको छैन। यस्तै गुनासो यातायात मजदुरहरू पनि पोख्छन्। आयल निगमले पार्किङ स्थल उपलब्ध नगराउँदा बाध्य भएर सडक नै ओगट्नु परेको स्वतन्त्र मजदुर सङ्गठन तथा ट्याङ्कर इकाईका अध्यक्ष पुष्कर गुरुङले बताए। ‘पटक पटक ट्याङ्कर पार्कीङ्का लागी स्थान माग ग¥यौँ ’उनले भने, ‘अन्त लगेर पार्कीङ् गरिए क्षतिको बिमा समेत नदिँदा समस्या भएको छ।’
आयल निगम धनगढी डिपो भने बर्षाै देखि जग्गा प्राप्ति नभएको भन्दै पन्छिने गरेको छ। ठाउँ नभएको भन्दै आयल निगम क्षेत्रीय कार्यालयले सडकलाई नै अकुपाइ गरिरहेको छ।

एकातिर आयल निगमको डिपो नजिक ट्याङ्कर राखिँदा दुर्घटना बढेको छ भने अर्को तफ सहर नै कुरूप देखिएको छ । तर, आयल निगम धनगढी डिपोका प्रमुख सर्पराज शर्मा भने सबै प्रक्रिया अन्तिम चरण भएको हुँदा केही समयमै समस्याको समाधान हुने बताउँछन्र्। ‘वर्षाे देखी जग्गा नपाउँदा समस्या भएको थियो, यस पटक ८ कट्टा जग्गा हासिल गर्न सफल भएका छौ’ उनले भने, ‘साता दिन भित्रै बाटो बाट ट्याङ्कर हटाइने छन्।’
तर आयल निगम धनगढी लाई भने करिब १५ कट्टा जग्गाको खाँचो छ। ८ कट्टा जग्गामा केवल ५०–६० ट्याङ्कर मात्रै पार्किङ गर्न मिल्ने उनले बताए। ‘ दैनिक सय बढी ट्याङ्कर आउने गरेका छन्, अहिले प्राप्त जग्गामा ६० सम्म मात्रै ट्याङ्कर पार्कीङ् गर्न मिल्छ। उनले भने, अझै जग्गा अपुग छ।’

















