- काठमाडौं ,असार २० गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
पाँच दिनपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । चरम राजनीतिकरण र सिष्टमको अभावका कारण अघिल्लो दिनसम्म पनि नयाँ महानिरीक्षकको टुंगो नलाग्ने अवस्था छ । जसकारण महानिरीक्षक नियुक्तिमा अनाबश्यक चलखेल हुने गरेको छ ।
यसपटकको महानिरीक्षक नियुक्तिको दौडधुप भने सत्तारुढ नेकपाभित्रको छायाँमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरु पार्टीभित्रको विवाद मिलाउनमै केन्द्रीत भएकाले यस विषयलाई उनीहरुले प्राथमिकता दिएका छैनन् ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले २४ गतेबाट अवकाश पाउने भएकाले २५ गतेबाट नयाँ महानिरीक्षक नियुक्त हुनेछन् । जसमा एआईजीद्वय शैलेश थापा क्षत्री र हरि बहादुर पाल प्रतिस्पर्धामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली नै समस्यामा परेको र सत्तारुढ दलहरु विवादमा केन्द्रीत भएकाले उनीहरुको राजनीतिक भेटघाट समेत रोकिएको स्रोत बताउँछ ।
दुवै एआईजीको प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता छैन । पार्टीभित्र पनि विवाद चर्किएकाले यो अवस्थामा के निर्णय हुन्छ भन्न सक्ने अवस्था नरहेको बालुवाटार स्रोत बताउँछ । एआईजीमध्ये सरकारले जसलाई पनि महानिरीक्षक बनाउन सक्ने प्रावधान छ । पार्टीभित्रको शक्ति संघर्षले समेत प्रहरी महानिरीक्षक छनोटमा असर पार्न सक्ने अवस्था छ ।
आईजिपीमा विगतमा दौडधुप नभएपछि एआईजी बढुवामा भने चर्काे चलखेल छ । २५ गतेबाट एआईजीका दुई पद रिक्त हुनेछन् । बरिष्ठता र कार्यक्षमतका आधारमा निरज शाही र प्रद्युम्न कार्की ती पदका स्वभाविक दाबेदार हुन्, तर एआईजी बढुवामा अस्वभाविक चलखेल भइरहेको छ । जुनियर डिआईजी विश्वराज पोखरेल जसरी पनि एआईजी हुने चलखेलमा रहेको स्रोत बताउँछ । आईजिपीका दाबेदार भन्दा उनको शक्तिकेन्द्रमा दौडधुप बढेको स्रोत बताउँछ । तर, यसरी ब्याच नै मिचेर फेरि बढुवा गर्दा प्रहरीको चेन अफ कमाण्डमा नै समस्या हुने र क्षमतावान अधिकृतहरु निराश हुने भएकाले सरकारले यस्तो निर्णय नगर्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !