Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तलब पाल्पाको अस्पतालबाट, काम रुपन्देहीको निजी क्लिनिकमा

  • पल्पा,असार १९ गते शुक्रबार ।
  • जन प्रभाब-सम्बादाता

जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि कार्यालयको सम्पर्कभन्दा बाहिर छन् । समायोजनका क्रममा जिल्ला अस्पताल पाल्पामा दरबन्दी भएका सिनियर हेल्थ असिस्टेण्ट गिरी १ सय ४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि उनको नाममा ७ दिने सूचना जारी भएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार गिरीको नाममा ७ दिने सूचना जारी गर्दै स्पष्टीकरण पेश गर्न भनिएको हो । जिल्ला अस्पताल पाल्पामा दरबन्दी रहेका गिरी गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् ।

आफ्नो कर्मचारी बिना सूचना लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि जिल्ला अस्पताल पाल्पाले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा लेखि पठाएको थियो । कर्मचारी सम्पर्कविहीन भएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गर्दै सेवाबाटै बर्खास्त किन नगर्ने हो सो को स्पष्टीकरण पेश गर्नु भनेको छ ।

मन्त्रालयको ७ दिने सूचनामा भनिएको छ, ‘तपाईं छविराज गिरी पाल्पा अस्पताल तानसेनको पत्र तथा दैनिक रुपमा सोही अस्पतालबाट प्राप्त हाजिरी विवरणअनुसार सम्बन्धित कार्यालयबाट विदा स्वीकृत नगराई मिति २०७६ /११/०२ देखि हालसम्म पनि अस्पतालमा उपस्थित नभएको र स्वास्थ्यकर्मीहरुलाई लकडाउनको समयमा समेत अनिवार्य उपस्थितिका लागि स्वास्थ्य मन्त्रालयबाट पटकपटक भएको निर्देशन समेतलाई बेवास्ता गरेको भन्ने व्यहोरा बुझिन आएकाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिमको काम गरेकोमा तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउनु नपर्ने वा बर्खास्त गर्नु नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित हुनुहोला ।’

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीमा दरबन्दी रहेका गिरी २०७६ मंसिर २७ गते प्रदेशिक मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला अस्पतालमा पदस्थापन भएका थिए । 

हेर्नुहोस्, प्रदेश सरकारको ७ दिने सूचना

जिल्ला अस्पताल पाल्पाबाट तलब खानेगरी पदस्थापन भएका भएपनि गिरी भने रुपन्देहीको देवदहमा रहेको आफ्नै निजी क्लिनिकमा मेडिकल प्राक्टिस गरिरहेका छन् । गिरी देवदहमा रहेको अनिता मेडिकल नामक क्लिनिकमा काम गरिरहेका छन् ।

रातोपाटीको सम्पर्कमा आएका गिरीले भने आफू बिरामी भएको कारण अस्पतालमा जान नसकेको दाबी गरे । ‘किन हो तपाईँ १ सय ४० दिनदेखि दरबन्दी रहेको स्थानमा जानु भएको रहेन छ नि’ भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘म बिरामी भएकाले बिदा लिएर नै बसेको हुँ ।’

तर जिल्ला अस्पताल पाल्पाको हाजिरी हेर्ने हो भने उनी मंसिर २७ गते सरुवा भएपछि माघको ५ गते मात्रै हाजिर हुन पुगेका छन् । माघको ५ गते हाजिर भई सोही दिन उनले एक साताको विदा माग गरी विदा बसेका थिए ।

गिरीको विदा माघ १२ गते सकिने भएपनि उनी एकैपटक फागुनको १ गतेमात्रै हाजिर हुन जिल्ला अस्पताल पुगेका छन् । फागुन १ गते हाजिर भई फागुन २ गतेदेखि १५ दिनका लागि विदा मागिएको भएपनि उनको विदा स्वीकृत भने भएन । विदा स्वीकृत नभएपछि गिरी रुपन्देहीस्थित आफ्नै घर फर्किए र आफ्नै क्लिनिकमा मेडिकल प्राक्टिस गर्न थाले ।

जिल्ला अस्पताल पाल्पाले ६० दिनसम्म गिरीको खोजी गरेन । तर ६० दिन कटेपछि पनि उनी हाजिर हुन नआएपछि गिरीको नाममा जिल्ला अस्पताल पाल्पाले हाजिर हुन आउनेबारे पत्र काटेको देखिन्छ ।

२ पटक पत्र काट्दा पनि गिरी कार्यालयमा उपस्थित नभएपछि कारवाहीका लागि जिल्ला अस्पताल पाल्पाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा लेखि पठाएको थियो ।

जिल्ला अस्पतालको पत्र प्राप्त भएपछि गिरीलाई सेवाबाटै बर्खास्त किन नगर्ने भन्दै प्रदेश सरकारले ७दिने सूचना जारी गरेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार कुनै कर्मचारी विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी कार्यालयमा उपस्थित नभएमा बर्खास्त गर्न सकिनेछ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा १ को ज मा यसबारे उल्लेख गरिएको छ ।

पेन्सन भयो, जागिर छाड्दैछु : गिरी

हेल्थ असिस्टेण्ट गिरीले आफूले सेवा गरेको ३५ वर्ष भइसकेको भन्दै अब जागिर छाड्न लागेको बताए । आफूलाई ढाडको समस्या भएकाले अस्पताल नगएको तर विदा लेखेर आएको उनको भनाई छ । आफूले म्यासेन्जरबाट पनि विदाका लागि आग्रह गरेको तर विदा नपाएको उनले बताए ।

उनले भने, ‘काम गरेको ३५ वर्ष भइसक्यो । पेन्सन पनि भयो । त्यसकारण जागिर छाड्न लागेको हो । केही बिदा बाँकी नै थियो । त्यसकारण म कार्यालय नगएको हुँ । अब आइतबार प्रदेश मन्त्रालयमा गएर राजीनामा दिन्छु ।’

गिरीले आफू बिरामी भएको दाबी गरेपनि उनले काम भने निजी क्लिनिकमा गरिरहेका थिए । बिरामी मान्छेले कसरी निजी क्लिनिकमा काम गर्नुभयो त भन्ने रातोपाटीको प्रश्नमा उनले ‘घरमा बस्न बोर लागेकाले क्लिनिकमा काम गरेको बताए ।’

राजीनामा दिँदैमा कारवाही रोकिन्न : प्रदेश सरकार

बर्खास्ती गर्ने सूचना निकालेलगत्तै हेल्थ असिस्टेन्ट छविराज गिरीले राजीनामा दिन लागेका छन् । तर राजीनामा दिएपनि कारवाही प्रक्रिया भने नरोकिने प्रदेश सरकारले जनाएको हो । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख केशव अर्यालका अनुसार राजीनामा दिएपनि गिरीमाथिको कारवाही रोकिने छैन । अर्यालका अनुसार गिरीले राजीनामा दिएपनि पहिले स्पष्टीकरण पेश गर्नैपर्छ । स्पष्टीकरणमा मनासिब आधार वा कारण देखिए राजीनामा स्वीकृत गर्ने अधिकारीले स्वीकृत गर्न पनि सक्नेछन् । तर राजीनामा स्वीकृत गर्ने अधिकारीले मनासिब कारण नदेखेको अवस्थामा उनको राजीनामा स्वीकृत नगरी कारवाहीको प्रक्रियामा लैजान पनि सक्नेछन् ।

रातोपाटि बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh