Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुष्प कमल दाहाल प्रचण्ड : समाजवादी क्रान्तिका नायक


मनहरि तिमिल्सिना


  • काठमाडौं ,असार १८ गते बिहिवार ।

कम्युनिष्ट पार्टी, चरित्र निर्माण र संगठनात्मक प्रणालीका सन्दर्भमा भ्लादिमिर लेनिनले जति सिद्वहस्त विश्लेषण र संश्लेषण सायदै अरुले गरेका होलान्। कम्युनिष्ट पार्टीबारे लेनिन भन्छन्, ‘विचारधारात्मक एवं संगठनात्मक एकता नै पार्टी अपराजेयताको सबैभन्दा महत्वपूर्ण स्रोत हो, त्यो साम्यवादको निर्माणसँग सम्बन्धित महान् लक्ष्यहरुको सफलताको सबैभन्दा ठूलो ग्यारेण्टी हो।’

एउटा कम्युनिष्ट कस्तो हुनुपर्छ ? यसबारे आफ्ना रचनाहरुमा लेनिनले यथेष्ट व्याख्या गरेका छन्। लेनिनकै भाषामा ‘एउटा कम्युनिष्ट पार्टी साम्यवादी ध्येयप्रति निष्ठावान् हुनुपर्छ, मातृभूमि र समाजवादी मुलूकहरुप्रति असीम प्रेम हुनुपर्छ, सार्वजनिक भलाइका निम्ति श्रममा विश्वास गर्ने हुनुपर्छ, सार्वजनिक सम्पत्तिको प्रेम गर्ने उच्च नैतिकता हुनुपर्छ, सामूहिक भावना र सर्वहारावादी विश्वदृष्टिकोण हुनुपर्छ, मानिसलाई साथी ठान्ने मानवीय चेत हुनुपर्छ, जीवन आचारमा इमान्दारी, सच्चाइ, नैतिक शुद्वता, विनम्रता र आडम्बरहीन हुनुपर्छ, अलौकिक शक्तिप्रति अनास्था र वैज्ञानिक खोजप्रति रुचि राख्ने हुनुपर्छ, संसारका सारा कम्युनिष्टहरुप्रति वर्गीय प्रेम र शत्रुहरुप्रति विरोध गर्ने हुनुपर्छ। विश्वभरिका जनता र श्रमिक वर्गलाई माया गर्ने हुनुपर्छ।’

कम्युनिष्ट पार्टी र यसको चरित्रबारे मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ लगायतका विश्वभरिका श्रमजीवी वर्गका नेताहरुले अघि सारेका मान्यता आज पनि उत्तिकै महत्त्वका छन् र विश्वभरिका कम्युनिष्टहरुले आफ्नो मौलिकतासहित अनुशरण पनि गर्दै आएका छन्। विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भए पनि कम्युनिष्ट मूल्य र नैतिकताका दृष्टिले रक्षात्मक अवस्था छैन। पूँजीवादी विश्वले थोपरेका उत्पीडन र मानव जातिमाथि देखिएका चुनौतीहरुले समाजवादी शिविरको औचित्य झनै मूखरित भएर आएको छ। तर, नेपालमा कम्युनिष्ट आन्दोलन जनमतका दृष्टिले शक्तिशाली भएर पनि साम्यवादी ध्येय, समाजवादी आदर्श र आचरणका दृष्टिले अप्ठ्यारो मोडमा उभिएको छ।

सन् १९९१ को सोभियत संघको पतनपछि अपवादलाई छोडेर विश्वको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ। सन् १९७६ यता चीनले लिएको बाटो वैज्ञानिक समाजवादको बाटो हो वा होइन भन्नेबारे विश्वभरिकै कम्युनिष्टहरुका बीच मतऐक्य हुन सकेको छैन। यस्तो परिस्थितिमा नेपालका कम्युनिष्टहरु वैधानिक जनमतका माध्यमबाट शासकीय जिम्मेवारीमा पुगेका छन्। तर, नेकपाकै नेतृत्वको सरकारका गतिविधि र पार्टी प्रणाली हेर्दा कम्युनिष्ट मूल्य र मान्यताबारे फेरि एकपटक नयाँ शिराबाट बहस गर्नुपर्ने देखिन्छ। नेकपाभित्रको आजको बहस पार्टी निर्माण र समाजवादको तयारीका लागि कस्तो नीति, संरचना र व्यवहार चाहिन्छ भन्ने कुरामा नै केन्द्रित छ।

कतिले ठान्छन्, ‘नेकपाभित्रको आजको बहस सत्तास्वार्थका लागि मात्रै हो।’ तर, यथार्थले त्यस्तो भन्दैन। नेकपाभित्रको आजको बहसका प्रमूख रुपमा २ धारा छन्। एउटा धारा भन्छ, ‘हाम्रो पुस्ताले समाजवादी क्रान्ति गर्नै सक्दैन, साम्यवादी ध्येय पनि असम्भव छ। राजनीतिको वर्तमान बहावका विरुद्ध उभिनु चुनौतिपूर्ण मात्रै होइन, जोखिम पनि छ। त्यसैले सत्ताको नेतृत्वमा रहन जे–जति गर्न सकिन्छ, त्यो सबै गर्नुपर्छ र शासकीय जिम्मेवारी आजीवन हाम्रो पोल्टामा पार्नुपर्छ।’ प्रधानमन्त्री र आधाजसो मन्त्री यसै मान्यताका आधारमा अघि बढिरहेको अनुभूति हुन्छ।

वामपन्थी सरकारका गतिविधि श्रमजीवी/सर्वहारा वर्गको हित, राष्ट्रिय पूँजीको निर्माण र स्वाधीन अर्थतन्त्रको जग बसाल्न केन्द्रित होउन्, जसले समाजवादी क्रान्तिको नेतृत्व गर्ने नेकपाको गन्तव्यमा बल मिलोस्।’ दोस्रो धाराको नेतृत्व प्रचण्ड लगायतका नेताहरुले गरिरहेका छन्।

नेकपाभित्र दोस्रो धारा पनि छ। वर्तमानमा यो धारा पार्टीभित्र र राष्ट्रिय राजनीति दुवैतिर बलशाली छ। दोस्रो धाराले भन्छ, ‘हामीले विश्व इतिहासमै मौलिक क्रान्तिको जग बसालेका छौं। २१ औं शताब्दीको तेस्रो दशकमा वैधानिक मोर्चाका माध्यमबाट समाजवादको जग बसाल्ने अवसर पनि हाम्रैसामु छ। यस्तो अनुकूल परिस्थिति गुम्न दिनु हुँदैन। वामपन्थी सरकारका गतिविधि श्रमजीवी/सर्वहारा वर्गको हित, राष्ट्रिय पूँजीको निर्माण र स्वाधीन अर्थतन्त्रको जग बसाल्न केन्द्रित होउन्, जसले समाजवादी क्रान्तिको नेतृत्व गर्ने नेकपाको गन्तव्यमा बल मिलोस्।’ दोस्रो धाराको नेतृत्व प्रचण्ड लगायतका नेताहरुले गरिरहेका छन्।

निर्वाचनपछि धेरैको अपेक्षा थियो, ‘वामपन्थी सरकार वाम बाटो हिँड्नेछ। आफ्नो घोषणापत्रलाई सरकार सञ्चालनको संहिता बनाएर अघि बढ्नेछ।’ तर, व्यवहारमा त्यसको ठीक विपरित हुँदै गएको छ। घोषणापत्रमा जे लेखिएको छ, त्यो गरिएको छैन। जे लेखिएको छैन, त्यो सबै गर्न थालिएको छ। सरकारको नेतृत्वदेखि सदस्यसम्म अधिकांशको ध्यान नेपाली धर्तीमा मार्क्सवादको रक्षा, प्रयोग र विकास गर्नतिर होइन। जसरी हुन्छ, आफ्नो वर्गउत्थानमा केन्द्रित हुँदै गएको छ। वर्गउत्थान र पार्टी एवं सत्ताको दोहनका लागि अवैधानिक र अनैतिक कामहरुमा रुचि बढ्न थालेको छ। यो पक्कै पनि राम्रो कुरा होइन।

वामपन्थी सरकारलाई समाजवादी क्रान्तिको साधन होइन, आफ्नो व्यक्तिगत र गुटगत आकांक्षा पूर्तिको साधन ठान्नेहरु भन्छन्, ‘सरकारको विरोध गर्दा नेकपा कमजोर हुन्छ। नेकपाका प्रत्येक नेता–कार्यकर्ताले सरकारका हरेक कामलाई बिनाशर्त समर्थन गरेर मात्र कम्युनिष्ट पार्टी बलियो हुन्छ।’ तर, यो यथार्थ होइन, केही भ्रम र अधिकांश कूतर्क हो। अन्धसमर्थनले पार्टी र आन्दोलन शक्तिशाली हुने भए बाह्य कारणले मात्र संसारका कुनै पनि समाजवादी सत्ता र कम्युनिष्ट पार्टी पराजित हुने थिएनन्।

नेकपाको बहसको चुरो कुरो हो, समाजवादी क्रान्तिको तयारी गर्ने कि यथास्थितिमै दलाल नोकरशाही पूँजीवादलाई संस्थागत गर्ने ? पार्टीलाई जनताले दिएको जनादेश र मतादेश दुवैको सम्मान गर्ने कि मतादेशलाई जनादेशका विरुद्ध उभ्याउने ? नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउने कि पूँजीवादी स्वार्थको औजार ? सिद्धान्त र आचरणबीच तादाम्य कायम गर्ने कि त्यसबाट बिमूख रहने ? क्षणिक लाभका लागि सिंगो कम्युनिष्ट आन्दोलनको आहुति दिने कि रणनीतिक उद्देश्यका खातिर तत्कालका लाभबाट माथि उठ्ने ? आजको बहस यिनै विषयको पेरिफेरिमा केन्द्रित छ।

अब नेकपामा पूर्वएमाले र पूर्वमाओवादी समूह छैन। अन्तरसंघर्ष मूलतः समाजवादी क्रान्ति कि दलाल नोकरशाही पूँजीवादको संस्थागत विकास ? यसै विषयमा केन्द्रित छ। यो अन्तरसंघर्षमा समाजवादी क्रान्तिप्रति निष्ठा राख्ने, पार्टीलाई कम्युनिष्ट सिद्धान्त र आचरणका साथ सञ्चालन गर्ने, जनवादी केन्द्रीयतालाई पार्टी सञ्चालनको प्रमूख आधार मान्ने, वामपन्थी सरकार कम्युनिष्ट पार्टीले निर्देशित गरेको मान्यताका आधारमा सञ्चालित हुनुपर्ने मत राख्नेहरु एकातिर र त्यसको विपक्षमा उभिनेहरु अर्कोतिर छन्। यो बहस पूर्वसमूहको बहस नभएर सिद्धान्तनिष्ठ राजनीतिको पक्ष र विपक्षमा उभिनेहरुबीचको बहस हो।

कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ ? प्रचण्ड भन्छन्, ‘कम्युनिष्ट पार्टी जमेको पोखरीजस्तो होइन, नदीझैं गड्गडाएर अघि बढ्नुपर्छ।’ जसरी जमेको पोखरी फोहोर हुन्छ, त्यहाँ विभिन्न ब्याक्टेरियाले डेरा जमाउँछन्। त्यसरी नै कम्युनिष्ट पार्टी गतिहीन हुँदा त्यसमा विभिन्न खराब प्रवृत्तिहरु मौलाउँछन्, व्यक्तिवादले टाउको उठाउँछ। नेता–कार्यकर्ताले लक्ष्य भुल्छन्, गन्तव्यमा दृढतापूर्वक अघि बढ्न धर्मराउँछन्। अन्ततः त्यो पार्टी वर्गको हितसाधन गर्ने संयन्त्र होइन, वर्गमाथि शासन र शोषण गर्ने पूँजीवादी मेसिनरीमा फेरिन्छ। गतिहीनता नै आफैमा यथास्थितिको द्योतक पनि हो।

नयाँ संविधानले समाजवादउन्मूख राज्य व्यवस्थाको परिकल्पना र संकल्प दुवै गरेको छ। तर, संकल्पलाई व्यवहारमा बदल्न ठोस नीति र कार्यक्रम चाहिन्छ। त्यो नीति तथा कार्यक्रमको तर्जुमा पूँजीवादी शक्तिले गर्न सक्दैनन्, गर्न पनि चाहँदैनन्। त्यसको जिम्मेवारी कम्युनिष्ट पार्टीले लिनुपर्छ। नेकपाले क्रान्तिको मौलिक मोडलको विकासमार्फत् समाजवादको जग बसाल्ने ऐतिहासिक अवसर र जिम्मेवारी दुवै गुमाउनु हुँदैन। यो नेकपाको मात्र नभएर न्याय, समानता र स्वतन्त्रता चाहने विश्वभरिका श्रमजीवी वर्गको साझा चिन्ता र सरोकारको विषय पनि हो।

यो संघर्षमा तपाई कता उभिने ? समाजवादको पक्षमा कि विपक्षमा ? श्रमजीवी वर्गको पक्षमा कि दलाल नोकरशाहहरुको हित संरक्षण गर्न ? तपाई इमान्दारितापूर्वक क्रान्तिकै पक्षमा, समाजवादकै पक्षमा हुनुहुन्छ भने आजको दिनमा त्यो प्रचण्डको सपना हो।

प्रचण्ड चाहन्छन्, ‘यो अवसरलाई समाजवादी क्रान्तिका निम्ति उपयोग गर्न सकियोस्।’ तर, उनको चाहनाले मात्रै सबैथोक हुँदैन। नेकपाभित्र यथास्थितिमा रमाउने, सत्तास्वार्थका निम्ति नैतिक–अनैतिक, जायज–नाजायज गतिविधि गर्ने, सत्तालाई वर्गहितको साधन होइन, वर्गउत्थानको साधनमा रुपान्तर गर्न चाहने समूह सानो छैन। यो समूहले ‘पार्टी मिलाप’को राग त अलाप्छ। तर, रुपान्तरणको आवश्यकतालाई कहिल्यै गम्भीरतापूर्वक लिँदैन। यो समूह जनमूखी नीति र व्यवहारमार्फत् जनताको मत जित्न होइन, षड्यन्त्रमूलक ढंगले सत्ताको केन्द्रमा रहिरहन साम, दाम, दण्ड, भेदका सबै सम्भावनाहरुको उपयोग गर्दछ। यस प्रकारको प्रवृत्ति समाजवादी क्रान्तिको तयारीका सन्दर्भमा नेकपाका लागि सबैभन्दा ठूलो चुनौती हो।

कतिलाई लाग्छ, ‘नेकपाका नेताहरु आपसमा मिलुन्, झगडा गर्न छोडुन्। एकले अर्काको तारिफ गरुन्। हामीले जनतामा एकताको सन्देश प्रवाह गर्न सकियोस्।’ यो मनसाय त अति पवित्र छ। तर, कम्युनिष्ट पार्टी कस्तो बनाउने ? कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार कस्तो हुनुपर्छ ? सरकार र जनताबीच चुनावी सम्बन्ध हुन्छ कि वर्गीय ? यो सवालमा आँखा चिम्लिएर निरपेक्ष रुपमा गरिने एकताको याचनाले पनि खास गुणात्मक उपलब्धी दिन सक्दैन। गल्तीहरु, कमजोरीहरु ढाक्दै, बेलगाव रुपमा प्रतिक्रान्तिको बाटो हिँडियो भने नेताहरु जतिसुकै एकतावद्व भए पनि त्यो पार्टीले क्रान्ति र जनताको नेतृत्व गर्न सक्दैन।

२० औं शताब्दीको मध्यतिर आइपुग्दा संसारको एकतिहाइ भू–भागमा समाजवादको अभ्यास गरियो। तर, उत्तरार्धसम्म आइपुग्दा समाजवादी सत्ता एकपछि अर्को ढल्दै गए। यसको खास कारण के हो ? के पूँजीवादी–साम्राज्यवादी शक्तिको हमलाले मात्र कम्युनिष्ट सत्ता ढलेका हुन् ? पहिलो विश्वयुद्धमा २० वटा पूँँजीवादी मुलूकका गठबन्धन सेनासँग एक्लै लडेको रुसी समाजवाद सन् १९५६ मा ढल्यो। सन् १९९१ मा सोभियत संघको विघटन भयो। ती दुवै परिघटना साम्राज्यवादी हमलाभन्दा पनि कम्युनिष्ट पार्टीमा आएको बिचलनका परिणाम थिए। त्यसैले नेकपाको भविष्य पनि पार्टीले लिने नीति, कार्यक्रम र व्यवहारमा निर्भर रहन्छ।

वामपन्थी सरकारले जनमूखी नीति तथा कार्यक्रमको विश्वासिलो आधार प्रस्तुत गर्न नसक्दा हाम्रो राष्ट्रिय स्वाधीनतासमेत लगातार संकटमा पर्दै गइरहेको छ। अमेरिकी शैन्य गठबन्धनलाई वैधानिकता दिने गरी अघि सारिएको एमसीसी सम्झौतापछि साम्राज्यवादी–बिस्तारवादी शासकहरु उत्तेजित रुपमा अगाडि आएका छन्। अनुदानका लागि राष्ट्र हितविपरितका घातक सम्झौतामा ल्याप्चे ठोक्ने सरकारी कदमले स्वाधीनता कमजोर बन्दैछ। बलियो राष्ट्रिय एकताको बलमा मात्रै समाजवादी क्रान्तिको विकास र रक्षा सम्भव छ। अन्तर्राष्ट्रिय मञ्चसम्म लगेर भए पनि सीमा विवादको दीर्घकालीन समाधान खोेज्ने प्रचण्डको प्रस्ताव त्यही सोचद्वारा निर्देशित छ।

तसर्थ, नेकपाभित्रको आजको बहसलाई सामान्य सत्तास्वार्थको झगडा ठान्ने गल्ती गरिनु हुँदैन। यो समाजवादी क्रान्ति र कम्युनिष्ट निष्ठाको पक्ष र विपक्षमा चलेको महान् बहस हो, अन्तरसंघर्ष हो। यो संघर्षमा तपाई कता उभिने ? समाजवादको पक्षमा कि विपक्षमा ? श्रमजीवी वर्गको पक्षमा कि दलाल नोकरशाहहरुको हित संरक्षण गर्न ? तपाई इमान्दारितापूर्वक क्रान्तिकै पक्षमा, समाजवादकै पक्षमा हुनुहुन्छ भने आजको दिनमा त्यो प्रचण्डको सपना हो। आउनुस्, यो सपना साकार पार्न आरोप प्रत्यारोप होइन, स्वस्थ र रचनात्मक बहस गरौं।

लोकपाटि बाट ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh