- काठमाडौं ,असार १८ गते बिहिवार ।
- जन प्रभाब-सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधान मन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
अहिले अध्यक्ष र राष्ट्रपतिबीच भेट भई रहेको राष्ट्रपतिका मुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसदको जारी बर्षे अधिवेशन आज ५.०० बजेबाट अन्त्य भएको घोषणा गर्नुभएपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुग्नुभएको हो ।
मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !