- सप्तरी,असार १८ गते बिहीबार ।
ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनक कारण उत्पन्न कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको हो ।
सप्तरी जिल्लाको खड्ग नगरपालिका वडा नम्बर –१ स्थित सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलि रहेका बखत पर्खाल भत्किएको छ ।
लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किएको थियो । त्यहि बेला उनका १० बर्षीय छोरा उमेशको पुरिएका हुन् ।
घरका सबै जना काममा गएका कारण बालक भत्किएको पर्खालले च्यापिएको तत्काल कसैले थाहै पाएका थिएनन् । निर्माण कार्यमा संलग्नहरुलाई पनि वास्ता भएन । स्काभेटर लगाएर इँटा हटाउने क्रममा पुरिएका बालकको टाउकोमा चोट लाग्यो र, उनको मृत्यु भएको हो ।
आरसिसी ढलान गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
उपभोक्ता समितिमार्फत भएको काममा असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार गर्न खोज्दा बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् ।
वडाध्यक्ष सिंघेश्वर मण्डलले जानाजान घटना नगराएको र भवितव्य रुपमा भएको घटनाले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !