- लमजुङ,असार १८ गते बिहीबार ।
शान्ति सुरक्षामा खलल पुर्याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी नायव उपरीक्षक ( डिएसपी ) गंगाबहादुर थापाले बताउनुभएको हो ।
कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताउनुभयो । लमजुङका पत्रकारसंग बिहीबार भेट गर्नुभएका प्रहरी नायव उपरीक्षक थापाले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो ।
नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै यसबीचमा प्रहरीबाट मानवअधिका हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनुभएका प्रहरी नायव उपरीक्षक थापाले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।
लमजुङमा बुधबारमात्रै आउनुभएका उहाँले यहाँको विकृति विसंगति न्युनीकरण, अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग पत्रकारमार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।
अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा जिल्लामा भित्रन नदिनेमा आफू कटिबद्ध भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका अवरोधकलाई कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।
प्रहरी कार्यालयमा आयोजित भेटघाटमा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, केन्द्रीय सदस्य नवीनराज कुइँकेल, सल्लाहकार परमेश्वर अधिकारी, निवर्तमान केन्द्रीय सदस्य किसान संगीत नेपाली, संस्थापक अध्यक्ष नवराज पहाडीलगयातले नागरिकको आवश्यकता र चाहना अनुरुप कार्यसम्पादन गर्न सुझाव दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !